• नेपाली विश्वकप टोलीको घोषणा

    August 29, 2019     2:21 pm

    भदौ १२। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार अन्तिम २३ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो ।

    प्रशिक्षक योहान कालिनले यसअघिका नियमित कप्तान विराज मर्हजनलाई टोलीमा समावेश गरका छैनन् । विराज हाल मलेसियाको शीर्ष डिभिजन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा थिएनन् । विश्वकप अन्तर्गत एसियाली छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

    समूहमा नेपालसँगै एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेई रहेका छन् । नेपालले कुवेतसँग यही भदौ १९ गते खेल्दै छनोटको सुरुवात गर्नेछ ।

    नेपाली टोली

    गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

    रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

    मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई

    स्ट्राईकर : विमल घर्तीमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।