• रवि लामिछानेलाई काठमाडौंमा समर्थकले पञ्चेबाजा सहित भब्य स्वागत

    August 28, 2019     4:02 pm

    काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई काठमाडौंमा उनका समर्थकले भब्य स्वागत गरेका छन् । न्युज ट्वान्टी फोरको सिधा कुरा जनता संग कार्यक्रमका प्रस्तोता लामिछाने १२ दिन देखि चितवन प्रहरी हिरासतमा थिए । मुक्त भएको तेस्रो दिन बुधबार चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं पुगेका हुन् । उनलाई स्वागत गर्न उनका समर्थक विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरे । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

    पत्रकार शालिकराम पुडासैनी प्रकरणमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेको थियो । सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी हुन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।