• चलचित्र गुञ्जनको शुभमुर्हत ९० प्रतिशत छायंकन पोखरामा हुने

    August 27, 2019     8:46 pm

    पोखरा भदौ १० । नेपाली चलचित्र गुञ्जनको शुभमुर्हत भएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा चलचित्र गुञ्जनको आज मंगलबार शुभमुर्हत भएको हो । चलचित्रको छायंकन आजदेखि पोखरामा सुरु भएको छ । उक्त चलचित्रको ९० प्रतिशत छायंकन पोखरामा हुने र बाँकी काठमाडँैंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ ।


    ए. एच ईन्टरटेन्मेन्ट प्रा.ली को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई अष्टमान महर्जनले निर्देशन गर्ने भएका छन । चर्चित द्धन्द्ध निर्देशक अष्टमान महर्जनले चलचित्र गुञ्जन देखि निर्देशनमा डेब्यु गर्न लागेका हुन ।
    प्रेम कथामा आधारित रहेको चलचित्र गुञ्जनलाई सुनिता शाहीले निर्माण गरेकी हुन भने हिरा कृष्ण शाहीले प्रस्तुत गरेका हुन् । उक्त चलचित्रलाई चर्चित छायाँकार राजेश श्रेष्ठले छायंकन गर्नेछन् ।


    महेश दवाडिको कथा , पटकथा र संवाद रहेको चलचित्र गुञ्जनमा कविराज गहतराजको कोरियोग्राफि , अर्जुन पोख्रेल र कल्याण सिंहको संगीत रहेको छ भने अस्मिता अधिकारी, निशान भट्टराई र बनिका प्रधानले उक्त चलचित्रको गितमा आवाज दिएका छन् ।


    चलचित्रमा सरोज खनाल , हिउवाला गौतम, सारा सिरपाली , प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ । प्रितमराज सेञ्चुरीले चलचित्र गुञ्जन बाट डेब्यु गर्न लागेका हुन् ।
    रिलिज मिति तय नभएता पनि निर्माण युनिटले चलचित्रलाई फागुनमा प्रदर्शन गर्न लागेको खबर छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।