• गाडीभन्दा महङ्गो ६२ लाखको मोटरसाइकल नेपालमा

    August 27, 2019     6:09 pm

    पोखरा भदौ १० । गाडीभन्दा महँगो पर्ने मोटरसाइकल नेपाली बजारमा आएको छ। ६१ लाख ९० हजार रुपैयाँ पर्ने मोटरसाइकलको विक्रीका लागि नाडा अटो सो २०१९ मा राखिएको छ।

    राजधानीमा मंगलबारदेखि सुरू भएको नाडा अटो सोमा ६१ लाख ९० हजार रुपैयाँ पर्ने मोटरसाइकल प्रदर्शनीमा राखिएको हो। यो इटालियन कम्पनी हार्ले डेभिडसनको मोटरसाइकल हो। उच्चतम प्रविधि र सुविधाका कारणले पनि हार्ले डेभिडसनको मोटरसाइकलको विश्वभरी चर्चा हुने गरेको छ।

    नौ सय ९८ सीसी क्षमता इन्जिन रहेको मोटरसाइकल इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ–४ १००० मोडलको बाइक हो।

    एमभी अगस्टा बाइकको नेपालका लागि आधिकारिक विक्रेता गियर भेञ्चर प्रालिले बिक्रीका लागि नेपाल भित्र्याएको हो। सन् १९०७ मा स्थापना भएको इटालीको एभिएसन कम्पनी एमभी अस्टाले सन् १९४५ देखि सवारीसाधन उत्पादन गर्दै आएको छ।

    चार सिलिण्डर इन्जिन १९५ हर्स पावर भएको बाइकको ११० एनएम टक्र्यू क्षमता छ। त्यस्तै, बाइकको अधिकतम १३४०० आरपीएम क्षमता छ। टक्र्यू क्षमता १०.८ एनएममा ९६०० आरपीएम रहेको छ। यसको इन्जिन म्यानेजमेन्ट सिस्टम टक्र्यू कन्ट्रोलमा ४ वटा म्याप्स र ८ तहको इन्टरभेन्सन छ।

    यो मोटरसाइकलको तौल १९१ केजी छ भने इन्धन क्षमता १७ लिटरको छ। अटो सोमा यो मोटरसाइकल हेर्ने र मोटरसाइकलसँग फोटो खिचाउनेको भीड देखिन्छ।

    टाटाको अल न्यू एच–५ मोडल सार्वजनिक, ५६ लाख ५५ हजार मूल्य

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।