• रवि लामिछानेको सिधाकुरा जनतासँग कार्यक्रम माथि बन्देज

    August 26, 2019     7:17 pm

    ९ भदौ, काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । रिहा भएसँगै उनलाई मुद्दाको किनारा नलागेसम्म यसअघि न्युज २४ टेलिभिजनबाट सञ्चालन हुँदै आएको सिधाकुरा जनतासँग कार्यक्रममाथि रोक्न आदेश दिइएको अदालतका सेरेस्तेदार रूद्रमणी गिरीले जानकारी दिएका छन् ।

    जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले गरेको फैसलामा रवि र युवराज विदेश जाँदा अदालतको अनुमति लिएर जानुपर्ने आदेश जारी गरिएको छ साथै उनले चलाउँदै आएको सिधा कुरा जनतासँग कार्यक्रम समेत रोक्न आदेश दिइएको छ ।

    त्यस्तै लामिछानेले सार्वजनिक कार्यक्रमसमेत गर्न नपाउने भएका छन् । अदालतको अनुमतिमा लामिछानेले यूटुब टेलिफोन वा अन्य सञ्चार माध्यमबाट शालिकराम मृत्यु प्रकरण र यस मुद्दासम्बन्धी कुनै कार्यक्रम चलाउन नपाउने गरी फैसला भएको छ ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।