• आजको राशिफल ( शुभसमय र राहुकाल समय सहित )

    August 25, 2019     6:00 am

    पोखरा / आज मिति २०७६ साल भाद्र महिनाको ८ गते आइतवार तदानुसार २५ अगस्ट सन् २०१९ गुँलागा श्रीशाके १९४१ नेपाल सम्बत् ११३९ भाद्रपदकृष्णपक्ष ।

    राशिफल :
    मेष : समय सन्तोषजनक छ । ग्रहले साथ दिएको छ । भाग्य चम्किने समय छ । मनोरञ्जनमा दिन बित्ला । विद्याबुद्धिमा रुचि बढ्ने छ ।

    वृष : समय राम्रो छ । आकस्मिक लाभ हुनेछ । नोकरीको योग भएको कार्यको थालनी हुनेछ । आँटेका काम पूर्ण हुनेछ । सवारीबाट सुख मिल्नेछ । प्रशंसा बढनेछ ।

    मिथुन : समय अलि कष्टकर छ । धैर्य गर्दा राम्रो हुन्छ । काममा विध्नबाध्य आइपर्नेछ । शरीरमा कमजोरी महसुस हुनेछ । खानामा गडबडीले स्वास्थ्यमा असर पर्न सक्छ । अलि बढि मेहनत गर्नुपर्नेछ ।

    कर्कट : उत्तम समयमा नसोचेको सफलता मिल्ने दिन छ । शरीरमा शक्ति र स्फूर्ति बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मठमन्दिर पाटीपौवा निर्माणमा जुटिनेछ ।

    सिंह : चिताएको कुरा पुग्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । सँगीत साहित्य, कलामा रुचि बढ्नेछ । कम लगानीमा अधिक फाइदा लिन सकिनेछ । प्रशन्नतामा दिन व्यतित होला ।

    कन्या : धर्मकर्ममा मन जानेछ । यात्रा सुखद रहला । पारिवारिक सहयोग मिल्नेछ । भगवान प्रति आस्था बढ्नेछ । आकस्मिक यात्राको समय छ । यसबाट लाभ पनि लिन सकिनेछ ।

    तुला : समय कष्टकर छ, संयमित हुनुहोस् । मन चंचल रहनेछ । यात्रामा कष्ट र खानपिनको समस्याले स्वास्थ्यमा असर पर्न सक्छ । धैर्यता गर्दा राम्रो हुनेछ ।

    बृश्चिक : मान सम्मानको योग छ । नर, नारीको दुवैको सहयोग मिल्नेछ । मानसिक शान्ति हुनेछ । उच्च व्यक्तिसँग भेटघाट हुने समय छ । यात्रा सुखद रहनेछ ।

    धनु : समय लाभदायक छ । शुभ समाचार शुभ पाइनेछ । बन्धुवर्गको सहयोग मिल्नेछ । पठनपाठनमा मन जानेछ । धन लाभको समय छ । जमिन लाभ पनि हुनेछ ।

    मकर : शरीरमा शक्ति र स्फूर्ति बढ्नेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ । धनको प्राप्ति हुने समय छ । आदर सत्कार बढ्नेछ ।

    कुम्भ : विवादको दिन छ । मान सम्मानमा धक्का लाग्नेछ । व्यापार व्यवसायमा कमी आउनेछ । यात्रामा होशियारी गर्नुहोला । धनमालको जतन गर्नुहोला ।

    मीन : वित्तीय कारोबार बढ्नेछ । आफन्तको सहयोग मिल्नेछ । यात्रा सुखद रहला । आँटेको कार्यको सफलताले मन प्रशन्न रहनेछ । फसेको धन प्राप्तिको समय छ ।

    आजको शुभसमय तालिका :
    बिहान ५ः३९ बजेदेखि बिहान ७ः०९ बजेसम्म कालबेला
    बिहान ७ः०९ बजेदेखि बिहान ८ः३९ बजेसम्म शुभबेला
    दिउँसो १ः०९ बजेदेखि दिउँसो २ः३९ बजेसम्म लाभबेला
    दिउँसो २ः३९ बजेदेखि अपरान्ह ४ः०९ बजेसम्म अमृतबेला
    अपरान्ह ४ः०९ बजेदेखि अपरान्ह ५ः३९ बजेसम्म कालबेला

    महत्वपूर्ण समय : दिउँसो १ः०९ बजेदेखि दिउँसो २ः३९ बजेसम्म लाभबेला र दिउँसो २ः३९ बजेदेखि अपरान्ह ४ः०९ बजेसम्म अमृतबेला भएकाले उक्त समय कुनै पनि महत्वपूर्ण कार्यको थालनी गर्दा सफल भइनेछ ।

    राहुकाल समय : पूर्वान्ह ९ बजेदेखि पूर्वान्ह १०ः३० बजेसम्म राहुकाल समय भएकाले उक्त समय कुनै पनि नयाँ काम वा महत्वपूर्ण कार्यको थालनी नगर्दानै उचित हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।