• पोखरा २० का वडा सदस्य बास्तोला स्कुटरको ठक्करबाट घाइते

    August 24, 2019     7:27 pm

    पोखरा ७ भदौं । पोखरा महानगर वडा नम्बर २० का वडा सदस्य भिम प्रसाद बास्तोला स्कुटरको ठक्करबाट घाइते भएका छन । पोखरा महानगरपालि वडा नम्बर २० को वातावरण तथा सरसफाई उपसमिती भलामले आयोजना गरेको सरसफाइ कार्यक्रममा सहभागीता जनाइरहदा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते बास्तोलाको हाल पोखराको मणिपाल अस्पतालमा सघन कक्षमा उपचार भइरहेको पोखरा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

    गत बिहीबार गठन भएको वातावरण तथा सरसफाई उपसमितीको आयोजनामा वडा नम्बर २० को रिट्ठाघाट देखी डाडाकटेरी सम्मको सडक आसपासमा सरसफाइ गर्ने क्रममा बास्तोलालाई स्कुटरले ठक्कर दिएको थियो । घाइते बास्तोलाको उपचार संगै सरसफाइलाई निरन्तरता दिइएको थियो । सरसफाइको क्रममा रिट्ठाघाट देखी डाडा कटेरी सम्मको सडकको दाया र बांया फैलिएको झाडी फडानी गरिएको थियोभने सडक किनारमा फालिएका बोत्तल, कागज लगायतका फोहोरहरु संकलन गरिएको वडाध्यक्ष गुरुङले जानकारी दिए । वडाअध्यक्ष गुरुङका अनुसार साविकको मौजा गाविसमा समेत वातावरण तथा सरसफाई उपसमिती गठन गरि मौजा आसपासका ग्रामीाण भेग संगै रहेका सडक र धार्मिक सम्पदाहरुको संरक्षण र सरसफाइ गरिने छ ।

    सरसफाइ अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिने वातावरण तथा सरसफाई उपसमिती भलामका अध्यक्ष इन्द्र प्रसाद पोख्रेलले जानकारी दिए । सरसफाइ कार्यक्रममा वडाका जनप्रतिनिधी, उपसमितीका पदाधिकारीहरु, टोल बिकास संस्थाहरु, वडा स्तरिय बाल संजाल समिती, नवोदय युवा क्लव, आमा समुहहरु, मदन भण्डारी फाण्डेसन पोखरा २० का प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।