काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले सिधाकुरा जनता सँगका प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको हिरातसतमा रहेका लामिछानेलाइ अाज भेटेका हुन् । भेटेर आईजीपी खनालले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई खनालले भेटेका हुन् ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा मुछिएपछि लामिछानेसहित तीनै जना गत हप्ता काठमाडौंबाट पक्राउ परेका थिए ।