• गोरखाको बारपाकमा पहिरोका कारण २९ घर जोखिममा

    August 23, 2019     11:33 am

    गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा अस्ती राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । अस्ती राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

    स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ ।
    पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए । “उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ”, उनले भने, “थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन्” वडाध्यक्ष गुरुङले भने, “पहिरोले पूरै क्षति भएको त होइन, बस्ती अत्यन्तै जोखिममा भने परेको छ ।”

    त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए ।अस्ती राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उनले जानकारी दिए । त्यस्तै त्यहाँका अन्य छ घरमा क्षति पुगेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।