• पहिलो किस्ताको रकम नबुझाएपछि हेलो नेपालको अनुमति खारेज

    August 19, 2019     10:29 pm

    काठमाडौं भदौ २। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार प्रदायक कम्पनी हेलो नेपालको अनुमति पत्र खारेज गरेको छ ।

    हेलो नेपालले दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि खारेज गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

    ‘हामीले भदौ १ गतेसम्म प्राधिकरणलाई पहिलो किस्तामा रु सात करोड बक्यौता रकम बुझाउन भनेको थियौँ’, उनले भने, ‘तर उक्त अवधिमा हेलो नेपालले पहिलो किस्ताको रकम नबुझाएपछि अनुमति पत्र खारेज गरेका हौँ ।’

    उनका अनुसार प्राधिकरणलाई हेलो नेपालले करीब रु ७९ करोड ९२ लाख बुझाउन बाँकी छ । प्राधिकरणको गत साउन १७ गतेको बोर्ड बैठकले हेलो नेपाललाई भदौ १ गतेसम्म रु सात करोड र त्यसपछि तीन महीनाभित्र बक्यौता सबै रकम बुझाउन निर्देशन दिएको थियो ।

    हेलो नेपालले प्राधिकरणको अनुमतिपत्र खारेज गर्ने निर्णयमा चित्त नबुझेमा दूरसञ्चार ऐन बमोजिम ३५ दिनभित्र उजुरी दिन सक्ने छ ।

    त्यसरी परेको उजुरीमा सरकारबाट भएका निर्णय नै अन्तिम हुने व्यवस्था छ । हेलो नेपालले आधारभूत दूरसञ्चार सेवाअन्तर्गत मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा सेवा दिँदै आएको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।