• गत वर्षको नाफाबाट कुन बैंकले कति लाभांश दिन सक्छन् ?

    August 19, 2019     10:25 pm

    पोखरा भदौ २।गत आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट सबैभन्दा बढी लाभांश सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले दिन सक्ने देखिएको छ ।

    बैंकको प्रतिवेदनमा ३ अर्ब ६१ करोड ७३ लाख रुपैयाँ वितरण गर्न सक्ने नाफा रहेको देखाएइको छ । यो बैंकले ५ अर्ब भन्दा बढी खुद नाफा गरेको थियो ।

    यस्तै नेपाल सरकारकै स्वामित्व रहेको अर्को बैंक नेपाल बैंकको पनि सेयरधनीलाई लाभांश दिने क्षमता अन्य बैंकको भन्दा बढी देखिएको छ । उसको विवरणलाई आधार मान्दा नेपाल बैंकसँग ३ अर्ब ४५ करोड रुपैयाँ लाभांश बाँड्न सक्ने क्षमता छ ।

    तेस्रोमा बढी लाभांश दिने क्षमता कृषि विकास बैंकसँग देखिएको छ । कृषि विकास बैंकसँग गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ लाभांश दिने क्षमता छ ।

    प्राइभेट बैंकमा सबैभन्दा बढी लाभांश दिने क्षमता नबिलको
    बाणिज्य बैंकहरुमा सबैभन्दा बढी लाभांश दिने क्षमता सरकारी स्वामित्वका बैंकहरुको देखिएपनि निजीस्तरको बैंकमा भने सबैभन्दा बढी लाभांश दिने क्षमता नबिल बैंकसँग छ । नबिल बैंकले गतवर्षको नाफाबाट ३ अर्ब ४६ करोड १८ लाख रुपैयाँ आफ्ना सेयरधनीलाई वितरण गर्न सक्ने देखिएको छ ।

    दोस्रोमा ग्लोबल आइएमइ बैंक देखिएको छ । उसले गत वर्षको नाफाबाट २ अर्ब ४२ करोड ९८ लाख रुपैयाँ वित्तरण गर्न सक्नेछ ।

    यस्तै २ अर्ब भन्दा बढी लाभांश दिन सक्ने क्षमता भएका बैंकहरु हिमालयन बैंक, एनआइसी एसिया र एभरेष्ट बैंक रहेका छन् ।

    सिभिल र सेन्चुरीको सबैभन्दा कम लाभांश दिने क्षमता
    सिभिल बैंक र सेञ्चुरी कर्मसियल बैंकको सबैभन्दा कम लाभांश दिने क्षमता रहेको उनीहरुको प्रतिवेदनले देखाउँछ । सेञ्चुरीको ५३ करोड ५१ लाख रुपैयाँ लाभांश दिने क्षमता छ भने सिभिलको ५५ करोड ६९ लाख रुपैयाँ लाभांश दिने क्षमता छ ।

    बैंकहरुको लाभांश दिने निर्णय सम्बन्धित बैंकको सञ्चालक समितिको बैंठकले गर्नेछ । सो लाभांश प्रस्ताव राष्ट्र बैंकको र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गर्न सकिनेछ । बैंकले खुद नाफा, रिजर्भ लगायत शीर्षकमा छुट्याएर बाँकी रहेको रकम मात्र लाभांशको रुपमा वितरण गर्नेछ । रातो पाटी

    हेरौँ कुन बैंकको कति छ लाभांश दिने क्षमता ?

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।