• टुँडिखेलमा तीज मेला हुने

    August 17, 2019     6:35 pm

    सविन रेग्मी / पोखरा ३२ साउन ।पोखरा –१ वगरमा रहेको पुरनो टुँडिखेलमा यही भाद्र ११ गते देखी १७ गते सम्म वाई वाई तीज मेला २०७६ हुने भएको छ । पुष्पाञ्जली फेशन एण्ड ईभेन्ट र ईन्द्रेणी एकिकृत विकास केन्द्रको सहकार्यमा उक्त मेला हुन लागेको शनिबार आयोजीत पत्रकार भेटघाट मार्फत जानकारी दिईएको छ ।

    पर्यटकीय राजधानीको रुपमा विकसित हुँदै गईरहेको पोखरालाई सांस्कृतिको रुपमा पनि बलियो रुपमा जोड्नु पर्ने हुँदा पोखराको सबैभन्दा पुरानो टुडीखेल मैदानमा पुरापुर्वकाल देखिनै तीजको दृष्टिले आफैमा महत्वपुर्ण रहेको र आमा दिदि वहिनीहरु तीजको दिनमा वर्त वस्ने र नजिकको सेती नदीमा गई स्नान गर्ने तत्व पश्चात टुडिखेल मैदानमा बसी रातभरी आफ्ना विरहका गीत गाउने नाच्ने र दुख साता साट गर्ने भएको हुँदा परम्परालाई निरन्तरता प्रदान गर्न विभिन्न स्थानीय युवा क्लब आमा समुह हरुले तीजगित मार्फत नारीहरुको वेदना सुन्ने र मौलिक तीजको झल्को दिने हुँदा कार्यक्रम आयोजना गरिएको पुष्पाञ्जली फेशन एण्ड ईभेन्ट तथा कार्यक्रम संयोजक शोभा गौतमले बताईन् ।

    कार्यक्रममा मौलिक तीज गित प्रतियोगीता, एकल तीज गीत गृहिणी नृत्य, म्युजिकल चियर, टपरी गास्ने ठेलो फाल्ने प्रतियोगिता हुने र साथै प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति र हास्य प्रदर्शन समेत हुने छ ।

    मेला भित्र महिला उद्यमीहरुद्वारा उत्पादीत वस्तुहरुको प्रर्दशनी विभिन्न व्यवसाईक स्टलहरु र मनोरञ्जनको निम्ति वाल उद्यानको समेत व्यवसाय रहेको छ ।
    मेलाको मुख्य प्रायोजकमा वाईवाई चाउचाउ रहेको र साथै विभिन्न संस्थाहरुको साथमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वार्डेको पनि साथ रहेको छ ।

    मेला लाई व्यवस्थित वनाउन मुल आयोजक समिति सँगै २२ ओटा विभिन्न उप समितिहरु निर्माण र परिचालन गरिएको छ । मेला हेर्नको लागि निशुल्क प्रवेशको व्यवस्था रहेको छ । करिव ५० हजार दर्शक भित्रिने आयोजको अपेक्षा रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।