• पोखराको वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरने व्यक्ति पक्राउ

    August 14, 2019     12:06 pm


    पोखरा २९ साउन।पोखराका वडा कार्यालयहरुमा चोरी गर्दै हिड्ने लाई कास्की प्रहरीले पक्राउ गरेर सार्वजनीक गरेको छ ।
    काठमाण्डौ महानगरपालिका –११ स्थायी ठेगाना भएर पोखरा महानगरपालिका–१० मा कोठा भाडामा बस्दै आएका ५१ वर्षका किशोर थापा पक्राउ परेका हुन् । उनले केही समयको अवधिमा पोखराका वडा कार्यालयमा श्रृंखलाबद्ध चोरी गरेका थिए ।

    उनी यसअघि पनि चोरी मुद्दामा पटक–पटक जेल परिसकेका व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ । पछिल्लो पटक विसं २०७४ सालमा जेलबाट छुटेर थापा फेरि चोरी धन्दामा लागेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

    थापासँगै चोरीको सामान किन्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको कलंकीमा कम्प्युटर मर्मत पसल चलाउँदै आएका गोपालीले चोरीको सामान किनबेच गर्दै आएको अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरी रहेको एसपि कार्कीले बताए । 
    पोखरा महानगरपालिकाका ३३ वटा वडा कार्यालय मध्ये ११ वटा वडामा चोरी भएको थियो । पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो । वडा कायालयबाट कम्प्युटरहरु चोरी हुने गरेको थियो ।



    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।