• ग्रीन कार्डमा कठोर बन्दै अमेरिका : क-कसलाई पर्छ असर ?

    August 13, 2019     12:23 pm

    साउन २८ ।डोनल्ड ट्रम्प प्रशासनले अमेरिकामा बसिरहेका आप्रवासीलाई भिसा अवधि बढाउन र स्थायी बसोबासको प्रमाणपत्र (ग्रीन कार्ड) पाउन् गाह्रो हुने कानून बनाउँदैछ ।यो परिवर्तनबाट सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित आप्रवासीहरु सबैभन्दा बढी प्रभावित हुनेछन् ।सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियमहरुको घोषणा गरेको छ जसका अनुसार ती आप्रवासीहरुको आवेदन स्वीकार गरिनेछैन जो भविष्यमा अमेरिकी सरकारी सेवाहरु र योजनामा आश्रित हुनसक्छन् ।

    “अमेरिकी नागरिकको हित रक्षाका लागि देशमा आउने आप्रवासी आत्मनिर्भर हुनु जरुरी छ,” ह्वाइट हाउसले भनेको छ । ट्रम्प प्रशासनको नयाँ नियमको प्रभावबाट कम आम्दानी हुने नेपालीहरु पनि प्रभावित हुन सक्छन् । अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले सोमबार पत्रकार सम्मेलनमा भनेका छन्, “ग्रीन कार्ड आवेदकको वित्तीय स्थिति, शिक्षा, आयु र उसको अंग्रेजी भाषाको ज्ञानको स्तरलाई आधार मानेर निर्णय गरिनेछ । कुनै एक मापदण्डलाई मात्रै आधार बनाइने छैन ।”यो नयाँ नियम यसै वर्ष अक्टोबर १५ तारेखदेखि लागू हुनेछ ।

    कसलाई पर्छ असर

    यो नियमले पहिले नै ग्रीनकार्ड पाइसकेका आप्रवासीलाई प्रभाव पार्ने छैन । त्यसैगरी शरणार्थी शिविरमा रहेकाहरुमा पनि यो नियम लागू हुनेछैन । तर, भिसाको म्याद थप्ने आवेदन, ग्रीन कार्ड वा अमेरिकी नागरिकता प्राप्त गर्ने आवेदनमाथि भने यो नियम लागू हुनेछ । यो नियमले एक वर्षभन्दा बढी समय खाद्यान्न सहुलियत, उपचारमा सहुलियत वा सार्वजनिक आवास सुविधा जस्ता सरकारी सहुलियत लिएका आप्रवासी बढी प्रभावित हुनेछन् । संभवतः अमेरिकामा बसोबासका लागि उनीहरुले गरेका आवेदनहरु खारेज हुनसक्नेछन् ।

    एक अनुमान अनुसार अमेरिकामा स्थायी बसोबासको अनुमति नपाएका तर, कानूनी रुपमै अमेरिकामा बसिरहेका २.२ करोड व्यक्तिमाथि नयाँ नियमको असर पर्नेछ । यसै वर्ष मे महिनामा ट्रम्पले आप्रवासन सम्बन्धी गरेको एउटा प्रस्तावमा अमेरिका आउने आप्रवासीको छनोट उनीहरुको सीपका आधारमा हुनुपर्ने भनिएको थियो । उनले युवा, शिक्षित र अंग्रेजी भाषाको राम्रो ज्ञान भएका व्यक्तिलाई मात्र अमेरिका आउन दिइनुपर्ने बताएका थिए । डीभी लटरी कार्यक्रमको पनि आलोचना गरेका ट्रम्पले योग्यताका आधारमा नयाँ व्यवस्था गरिनुपर्ने बताउँदै आएका छन् । एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।