• भदौ को १० र ११ गते मिडिया कप फुटसल हुने

    August 12, 2019     9:57 pm

    पोखरा साउन २७ । जक्सन डटकम र १६ प्रोडक्शन को सहकार्यमा पहिलो पटक मिडिया कप फुटसल हुने भएको छ। आउँदो भदौ को १० र ११ गते गणेश टोलमा रहेको स्पोट्स क्यासलमा प्रतियोगिता हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ। बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार , प्रस्तोता , सम्पादक, क्यामरापर्सन, टेक्निसियन लगाएतका ले सहभागिता जनाउन सक्नेछन । खेलकुद ले भातृत्वको विकास गर्न सबैभन्दा छिटो भुमिका खेल्ने सबै लाई एकै ठाउँमा ल्याएर आपसमा रमाइलो संगै भाइचाराको विकास हुने र करिव ३० वटा समुहको सहभागीता रहने अनुमान रहेको फुटसल आयोजक संस्था जकसन डटकममा अरुण गिरीले बताए।

    प्रतियोगीतामा प्रथम हुने टिमलाई पुरस्कार स्वरुप नगद रु.३५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय हुनेलाई नगद रु.२० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगीतामा उत्कृष्ट खेलाडीलाई नगद रु.५ हजार, सर्वाधिक गोलकर्तालाई नगद रु.३ हजार, अनुसासित टिमलाई नगद रु.५ हजार प्रदान गरिने छ ।खेल लाई प्रभावकारी बनाउन पत्रकार महासंघ गण्डकी प्रदेश का अध्यक्ष त्रिभुवन पौडेललाई प्रमोटर का रूपमा सहभागि गराउन पाउदा निकै खुसी भएको फुटसल संयोजक विष्णु प्रसाद गौतमले बताए। प्रतियोगीतामा सहभागीताका लागी नगद रु.५ हजार दर्ता शुल्क तोकिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।