पोखरा, साउन २७ गते । महिलाहरुलाई उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार बनाउने अभियान अन्र्तगत पोखरा महानगरपालिका वडा नम्वर १९ मा झोला बुन्ने उद्योग सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाद्धारा सञ्चालित उपप्रमुखसंग महिला कार्यक्रम मार्फत उद्योग सञ्चालन गरिएको हो । उपप्रमुखसंग महिला कार्यक्रमको लगानी १३ लाख रुपैयाँको लागतमा झोला उद्योग सञ्चालन गरिएको हो । पोखरा १९ को गोस्ते घाटका महिलाहरुको माग र वडाको सिपारिसमा पाँच प्रतिशत व्याजमा उपप्रमुखसंग महिला कार्यक्रम मार्फत उद्योगको स्थापना गरिएको हो ।
उद्योगको आइबार पोखरा महानगरपालिका उपप्रमुख एवं उपप्रमुखसंग महिला कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उद्योगको उद्घाटनपछि बोल्दै उपप्रमुख गुरुङले महिलाहरु उद्यमी बन्दै आर्थिक रुपमा आत्मनिर्भर बन्नुपर्नैमा जोड दिइन् । हिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ अरुसंग निर्भर हुनुपर्ने भएका अव आर्थिक रुपमा सवल र सक्षम हुन उद्यमी बन्नुपर्ने बताइन् । उनले महानगरभित्र सञ्चालन भएका उद्योगहरुले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न उपहार विक्री केन्द्र स्थापना गरिने समेत बताइने । महानगरले गत असारमा ल्याएको नीति, कार्यक्रम र बजेटमा उपहार केन्द्र स्थापना गर्ने बताएको थियो । उपप्रमुख गुरुङले छिट्टै उपहार विक्री केन्द्र स्थापना गरि महानगरभित्र उत्पादन गरिएका सामाग्रीको क्रिवी गरिने छ । उपप्रमुख गुरुङले महिलाहरुलाई हौसला प्रदान गदै महानगरभित्र रहेका महिलालाई स्वरोजगार बनाउन विभिन्न कार्यक्रम संचालन गरिएको बताइन् । महागनरले गत आर्थिक वर्ष २०७५÷७६ मा ५० उद्यमी ५ सय महिला रोजगार, सहकारीसंग सहकार्य लगायत कार्यक्रम संचालन गरेको गुरुङले जानकारी दिइन् ।
महिलाहरुलाई उद्यमशीलताको पाटोसंग जोडदै आत्मनिर्भर बनाउने योजना महानगरको रहेको छ उनले भनिन –‘महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ समाजमा हेपिएका छन्, त्यसैले अव महिला स्वरोजगार बन्नुपर्छ ।’ महिलाकै लागी भनेर उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेको बताइन् । ‘महिलालाई लक्षित गरेर उपप्रमुखसंग महिला कार्यक्रम ल्याएका हौ ।’ उक्त कार्यक्रमबाट महिलालाई उद्यमी बनाउन विना धितो ऋण दिने, उद्योग संचालका लागि न्यून व्याजमा ऋण लगानी गर्ने हो उनले भनिन् । उपप्रमुखसंग महिला कार्यक्रमका लागी गत आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजना गरिएको र त्यो रकम वितरण भैसकेको बताउदै चालु आर्थिक वर्ष २०७६÷७७ का लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।
‘ब्यवसायीक रुपमा अगाडी बढे उत्पादित झोलाको बजारीकरण, सामाग्री, आर्थिक लगायत सवै सहयोग गर्नेछ ।’ उद्योग सञ्चालन अघि वडाको आर्थिक सहयोगमा महिलाहरुलाई तीन महिने तालिम प्रदान गरिएको वडा अध्यक्ष शोभामोहन पौडेलले बताए । तालिम लिएर महिला दक्ष भएपछि महानगरको सहयोगमा उद्योग सञ्चालन गरिएको बताए । उनले महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बजारीकरण गर्नका लागि सहयोग गर्ने बताए । सुकुम्वासी वस्ती भन्दा मानिसहरु नकरात्मक सोच राख्थे तर यहाँका महिलाहरुले सिक्ने क्रममा बनाएका झोला उत्कृष्ट भएको बताउदै ती झोलालाई अझै कलात्मकता दिएर बजारीकरणको ब्यवस्था मिलाउने बताए ।
गोस्ते महिला विकास उपभोक्ता समितिका अध्यक्ष अरुणा गुरुङले उद्योगमा झोला, कपडा, कोट, जुत्ता लगायतका सामाग्री उत्पादन गरिने बताइन् । उनका अनुसार ७ जनाले तानमा बुन्ने, ४ जनाले मेसिनमा सिलाउन, ४ जनाले पेन्टिङ र दुई जनाले बुट्टा भर्ने काम गर्ने बताइन् । उद्योगमा १६ जना महिलाल झोला बुन्ने काम गदै आएको वडा सदस्य एंव कार्यक्रम संयोजक कोपिला केसीले बताइन् । ‘सुरुमा २६ जनाले तालिम लिने बताएपनि कोही वीचमा कहिले आउने र कहीले नआउने गरेपछि हामीले निरन्तर आउनेलाई मात्रै छनोट गरेर तालिम संचालन ग¥यौ र अहिले उहाँहरुले नै उद्योगमा काम गर्नुहुन्छ ।’ सेती नदी किनारमा रहेको बस्तीमा ७५ घर रहेका छन् । कार्यक्रममा नेकपा १९ का अध्यक्ष विष्णु गौतम, नेपाली काँग्रेस १९ का नेता महेश्वर पौडेल, महिला उद्यमी हिरा भटराई, मातृशिशु मितेरी अस्पताल सञ्चालक समितिका अध्यक्ष उषा बरुवाल, गोस्ते घाट टोल विकास संस्थाका अध्यक्ष विजय गुरुङ लगायतले बोलेका थिए ।