• भारतमा कर लगाइँदै गुगल, फेसबुक जस्ता कम्पनीलाई, नेपालमा कहिले ?

    August 12, 2019     2:23 pm

    साउन २७। भारत सरकारले नन–रेसिडेन्ट टेक्नोलोजी कम्पनीका लागि करको नियम बनाउने तयारी गरिरहेको छ । जस अन्तर्गत यस्ता कम्पनीका लागि २० करोड भारु आम्दानी र ५ लाख प्रयोगकर्ताको सीमा निर्धारण गरिनेछ ।यस सीमा निर्धारणपछि उनीहरुले भारतीय बजारबाट आम्दानी गरेको नाफाबाट प्रत्यक्ष कर दिनुपर्ने छ । यो नियम लागू भएपछि गुगल, फेसबुक, ट्विटर जस्ता कम्पनीमा प्रभाव पर्नेछ ।नेपालमा पनि वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनमा कर लगाउने विषय उठान गरेको थियो ।

    फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले समेत कल लगाउन सरकारलाई निर्देशन दिएको थियो ।भारत सरकारले यो कर निर्धारण ‘अहम आर्थिक उपस्थिती (एसईपी)’को कन्सेप्टको हिस्सा भएको बताएको छ । यस विषयलाई गत वर्षको बजेटमा सरकारले समावेश गरेको थियो ।

    भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार भारत सरकारले यस विषयमा अहिले विचार पनि गरिरहेको छ कि के एसईपीको ड्राफ्टलाई प्रत्यक्ष कर कोडको हिस्सा बनाउन सकिन्छ वा सकिन्न ?यस कोडका माध्यमबाट प्रत्यक्ष करसँग जोडिएका सबै नियमहरुलाई एकै छाताको मुनी ल्याउने प्रयास गरिएको छ । यस ड्राफ्टलाई छिट्टै वित्त मन्त्रालयमा पेश गर्ने सम्भावना छ ।फेसबुक र ट्विटर जस्ता मल्टिनेशनल टेक्नोलोजी कम्पनीहरुलाई अनलाइन विज्ञापनबाट ठूलो रकम विदेश लैजाने र थोरै मात्रै कर देशमा तिर्ने गरेको आरोप लाग्दै आएको छ । खासगरी यूरोपियन युनियनमा ठूला टेक कम्पनीमा कर लगाउने छलफल चलिरहको बेलामा पनि भारतमा यो विषयले महत्व पाएको हो । एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।