• अमेरिकामा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

    March 19, 2019     7:57 pm

    पोखरेली न्युज चैत ५ / संयुक्त राज्य अमेरिकाले पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो ।

    अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वहरुका लागि पनि यो सर्कुलर जारी गरेको थियो ।

    काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला हटाउनका लागि बाटो खोल्ने गर्दछ ।

    अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो ।

    अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।रातोपाटी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।