• स्वस्थ भएर फर्किए प्रधानमन्त्री केपी शर्मा ओली

    August 12, 2019     1:33 pm

    २७ साउन। स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् ।

    प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न मानेनन् । स्वास्थ्यबारे जानकारी दिनुपर्‍यो भनेर पत्रकारहरुले आग्रह गर्दा ओलीले भने, ‘केही दिनमा थाहा पाइहाल्नु हुन्छ ।’प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।