• जुवा खेल्दै गरेका ३४ जना २ लाख नगद सहित पक्राउ

    August 11, 2019     10:27 pm

    पोखरा २६, साउन । नेपालीहरुको महान पर्वहरु नजिकीदै गर्दा कास्की प्रहरीले शान्ति सुरक्षा सहित केही ठाउँमा जुवा ताल खेल्न उपर कारवाही सुरु गरेको छ । कास्की प्रहरीले पोखराका ४ ठाउँबाट २ लाख २१ हजार ९ सय ९० रुपैया नगद सहित ३४ जनालाई पक्राउ गरेको हो ।

    दुई दिनमा पोखरा महानगरपालिका ५, ८, ३२ र १६ वडाबाट अबैध रुपमा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए । पक्राउ परेकाहरुलाई जुवा मुद्धा अन्तरगत म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको उनले जनाए ।

    पोखरा महानगरपालिका ५ पर्याङ स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको डेराकोठामा शनिबार जुवा तास खेली खेलाई रहेको अबस्थामा ४ बुक तास र जुवातास खेल्ने खेलाउने कमला रानाभाट समेत ८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ एक्काईस हजार १ सय ४० रुपैया बरामद गरेको हो । त्यसै गरी शनिबार नै पोखरा ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको निरज होटलको तेस्रो तल्लामा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा जुवा तास खेली खेलाई रहेको अबस्थामा ४ बुक तास , तास र जुवातास खेल्ने खेलाउने बालकृष्ण शर्मा समेत ७ जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट प्रहरीले ६२ हजार ८ सय ३५ रुपैया बरामद गरेको छ ।
    पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा जुवातास खेलाई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा आइतबार प्रहरीले जुवा तास खेली खेलाई रहेको अबस्थामा ४ बुक तास, जुवातास खेल्ने खेलाउने रामराज पौडेल सहित ११ जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । साथै उनीहरुबाट प्रहरीले ३२ हजार ८ सय १५ रुपैया बरामद गरेको छ । त्यसै गरी पोखरा १६ दिप स्थित दुर्गा घलेको घरमा प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा ३ बुक तास, जुवातास खेल्ने खेलाउने दुर्गा घले सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुबाट २५ हजार २ सय रुपैया बरामद गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।