• पोखरामा ‘कपडा बैंक’ सञ्चालनमा

    August 11, 2019     4:07 pm

    नवराज दाहाल । पोखरा, साउन २६ । हन्डे«डस गुपसले केही समय अगाडी काठमान्डौँको अनामनगरमा कपडा वंैक अभियान सुरु गरेको छ, यो अभियानले आफ्ना पुराना तथा लगाउन योग्य कपडा दान गर्न सकिने गुपसका एक सदस्यले बताए । विपन्न वर्ग तथा दैविक प्रकोपको चपेटामा परेको व्यक्तिहरुले निशुल्क रुपमा आवश्यकता अनुसार आफुलाई मिल्ने कपडा छानेर लगाउन सक्नेछन् ।

    काठमान्डांैको अनामनगरवाट सुरु भएको यो वैंक काठमान्डौंका विभिन्न ठाउँ तथा चितवन, कैलाली, विराटनगर हुदैँ विभिन्न ठाउँमा यसको विस्तार हुने क्रम वढ्दो अवस्थमा रहेको छ ।
    पोखरामा पनि यो अभियानले तिव्रता पाएको छ । लायन्स क्लव अफ पोखरा यूनिक चौतारी र पोखरा महानगरपालिका वडा नं ८ को संयुक्त संयोजनमा ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ पोखराको सिर्जनाचोकमा एक कार्यक्रमको आयोजना गरि प्रमखु अतिथी डिस्ट्रिक ३२५ वि.वान नेपालका डिस्ट्रिक गर्भनर लायन ईन्दु लम्साल तथा पोखरा वडा नं ८ का वडा अध्यक्ष रुद्र बरालले संयुक्त रुपमा एक कार्यक्रमका विच वुधवार रिवन काटी कपडा बैंकको उद्घाटन गरेका थिए ।

    कपडा बैकको उद्घाटन सँगै म्याग्दी जिल्लाका १२ जना बाढीपिडित ममता हरमेल, अस्मीता, शर्मीला, कुलमाया, दिलमाया, शान्ती, सम्झना, मनकुमारी हरमेल र रोजीना, स्वस्तीका सुरक्षा आशा वि. क लाई लायन्स क्लब यूनिक चौतारी र वडा नं ८ ले संयुक्त रुपमा बितरण गरेका थिए ।

    उतm कपडा बैंकलाई ‘क्लोथ बुथको’ नाम दिइएको छ, जसलाई निरन्तर रुपमा सञ्चालनमा ल्याउनका लागी रोट्रयाक्ट क्लव अफ अन्नपूर्ण तथा पोखरामा सक्रिय रुपमा रहेर सामाजिक कार्य गर्दै आईरहको दारी ग्याङले सहयोग गर्ने भएको छ ।

    रोटा वर्ष २०१९÷०२० का प्रेसिडेन्ट रोट्रयाक्टर रोहत गिरीले जवसम्म क्लोथ बुथ हुन्छ तवसम्म निशुल्क पानी र क्लवको तर्फबाट बैंकमा लगाउन मिल्ने कपडाहरु संकलन तथा व्यवस्थापन गर्न निरन्तर लागीपर्ने वताए ।

    कार्यक्रममा प्रमुख अतिथी डिस्ट्रिक गर्भनर लम्सालले मानवीय सेवामा लागी गरिएको कार्य प्रशंसनिय भएका वताउँदै अन्य लायन्स क्लवहरुले पनि यस्तै उदाहरणीय कार्य गरेर देखाउने हो भने देश र समाजप्रति मानवीयताको भावना ओतप्रोत भई भाईचाराको सम्बन्ध स्थापीत हुने जिकिर गरे ।

    तपाइलाई पुराना लाग्ने कपडा कसैको लागि नयाँ लाग्न सक्छ । हो , आफुसँग भएका लगाउन मिल्ने कपडाहरु छन् भने त्यसलाई यतिकै खेर फाल्नु वा सडाउनु भन्दा कपडा बंैकमा त्यसलाई व्यवस्थापन गर्न सकेको खण्डमा आर्थिक अभाब तथा दैबि प्रकोपबाट पिडित भएकालाई यसले आहात पुग्ने हुँदा सवैलाई कपडा बैंकका लागि अफुलाई आवश्यक नभएका राम्रा कपडाहरु खेर नफाली सहयोग गर्न अपिल गर्दै आफुले पनि डिस्ट्रिकवाट सक्दो सहयोग गर्ने बताए ।

    पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्र बरालले नयाँ कामको थालनी गर्दै जाने हो, जसले आम नागरिकलाई अभिभावक भएको महसुस गराउँदै जाने बताए । समाजमा सबैको साथ र सहयोग भएमा नागरिकका हितका लागी सदैव लागीरहने बताउँदै आगामी दिनहरुमा विभिन्न संघ–संस्थासँग सहकार्य गरी एक पछि अर्को गरी आवश्यकताअनुसार अगाडी बढ्ने बताए ।

    शुभकामना मन्तव्य व्यतm गर्दै जोन चियरप्रर्सन लायन सरु गिरीले पुन्य काममा सवैको साथ सहयोग नितान्त आवश्यक भएको हँुदा सवैले आफ्नो ठाँउवाट साथ सहयोग गर्ने हो भने परिवर्तन टाढा नभएको बताए ।

    यूनिक चौतारीका संस्थापक अध्यक्ष एंवम कमिटि को–चेयरप्रसन लायन एकराज गिरीले कार्यक्रममा उपस्थित सवैलाई धन्याबाद दिर्दै सबैले आ–आफ्नो ठाउँवाट सहयोग गरेमा कपडा र्बैक जुन उद्देश्यका साथ खोलिएको छ त्यसले सार्थकता पाउनेमा आफु विश्वस्त भएको वताए ।

    उक्त कार्यक्रममा वडा नं ८ का जनप्रतिनिधि, लायन्स कल्व अफ पोखरा यूनिक चौतारीमा आबद्ध लायन व्यक्तित्वहरु, डिस्ट्रिक ३२५ बि वान नेपालका व्यक्तित्वहरु, रोट्रयाक्ट क्लव अफ अन्नपूर्णका सदस्यहरु, लगायत अन्य संघ संस्थाको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको समापन गर्दै लायन्स क्लब अफ पोखरा यूनिक चौतारी वर्ष २०१९÷०२० का अध्यक्ष लायन संजय खड्काले प्रयोगमा ल्याउन मिल्ने तथा नच्यातिएको कपडा धोएर कपडा बैंक सम्म ल्याइ सहयोग गर्न उपस्थित सम्मपूर्णलाई आग्रह गरेसँगै यस बैंकवाट प्राकृतिक÷दैबिक प्रकोप बाढी पहिरो तथा बिपद्का लागी आवश्यकता अनुसार पिडितलाई राहात स्वरुप सहयोग प्रदान गर्ने बताए । उक्त कार्यक्रमको सञ्चालन डिस्ट्रिक ३२५ बि वान नेपालका कलस्टर प्रमुख वसन्त गिरीले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।