• एनआरएन चुनाव: केन्द्रिय अध्यक्ष पदमा युकेको दावी स्वाभाविक- आचार्य

    August 10, 2019     10:35 pm

    लन्डन- गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुल आचार्यले बेलायतमा कार्यरत पत्रकारहरुसंग संघको नयाँ नेतृत्व चयनबारे सरसल्लाह गरेका छन्। आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुनगैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा हुने चुनावमा केन्द्रिय अध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका आचार्यले बुधबार लन्डनमा पत्रकारहरुसंग सल्लाह गरेका हुन् ।

    सन् २००३ मा युकेबाटै एनआरएन अभियानको शुरुवात भएको र अहिले झन्डै १४,००० पंजीकृत सदस्यहरु बनाएर एनआरएन युके संसारकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय समिति बनेकाले पनि संघको केन्द्रिय अध्यक्ष पदमा युकेको दावी स्वाभाविक भएको उनले बताए। तपाईंको एजेन्डा के हो? भन्ने एक प्रश्नमा आचार्यले व्यक्ति भन्दा संस्थाका एजेन्डालाई प्राथमिकता दिनु पर्छ भन्दै एनआरएनएलाई नयाँ ढंगले अगाडी बढाउनु पर्ने आवश्यकता रहेको बताए। उनले आफ्नो भावी कार्यक्रम र योजना छिट्टै सार्वजनिक गर्ने जानकारी पनि दिए।

    चुनावमा भाग लिए पछि हारजित भन्ने कुरा एउटा प्रक्रिया हो भन्दै उनले संस्थालाई मजबूत बनाएर लिएर जानु पर्छ भन्ने आफ्नो मान्यता रहेको दोहोराए। गैर आवासीय नेपाली नागरिकता ऐन जति सक्दो चांडो संसदबाट पारित गराउन आफुहरुले पहल गरिरहेको पनि उनले जानकारी दिए। आफ्नो उम्मेदवारी कुनै स्वार्थ वा बार्गेनिंगको लागि नभएको स्पष्ट पर्दै आचार्यले आफुले संस्थालाई व्यक्तिगत हितको लागि प्रयोग गरेको पुष्टि भए भोलि नै संस्था छाड्न तयार रहेको उद्घोष पनि गरे। गैर आवासीय नेपालीहरुको हकहितका लागि आफु संधै डटीरहने बताउंदै उनले एनआरएनहरुको नेपालमा रहेको सम्पत्ति, कसरी सुरक्षित राख्ने, भावी सन्ततिलाई नेपालसंग कसरी जोड्ने भन्ने विषयमा थप काम गर्न जरुरी रहेको पनि बताए।

    भारत, चिन, जापान, कोरिया जस्ता मुलुकले आफ्ना डायस्पोरालाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाएको उल्लेख गर्दै आचार्यले नेपालले पनि देशको विकासमा डायस्पोरालाई संलग्न गर्नुपर्ने बताएका थिए। छलफलका सहभागीहरुले चुनाव अभियानलाई आपसी आरोप, प्रत्यारोप भन्दा कार्यक्रम र एजेन्डाको आधारमा अघि बढाउन सुझाव पनि दिएका थिए। छलफलमा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार तथा पदाधिकारीहरु सहित झन्डै २० जनाको उपस्थिति थियो।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।