• एयरपोर्ट टोल बिकास समिततीद्धारा डेंगुको बारेमा सचेतना कार्यक्रम

    August 10, 2019     10:11 pm

    पोखरा । पोखरामा डेंगुको प्रकोप वढ्दै जान थालेपछि सचेतनामुलक कार्यक्रमहरु गर्न थालिएको छ । विशेषगरी पोखरा महानगरको वडा नम्बर ८ मा डेंगुुको बिरामी फेला परेपछि एयरपोर्ट टोल बिकास संस्थाले आफ्नो टोल सहित ८ नम्बर वडा भित्रका विभिन्न टोलहरुमा सचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । पोखराको वडा नम्बर ८ मा मोटर ग्यारेज र कवाडी संकलन केन्द्र रहेको, ग्यारेज र कवाडीमा पानी जम्ने र डेंगु फैल्याउने लामखुट्टे वढी मात्रामा रहेको पाइएकाले त्यस्ता ठाउहरुमा पुगी ड्रम, टायर, प्लाष्टिकका भाडा, वोतल लगायतका सामाग्रीहरुमा पानी जम्ने गरी नराख्न समेत आग्रह गरेको छ ।

    शुक्रबार एयरपोर्ट टोल बिकास संस्थाले संस्थामा आवद्ध सदस्य तथा टोलबासीलाई भेला गरी डेंगु रोगको बारेमा जानकारी र यसबाट कसरी बच्ने भनी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सचेतनामुलक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले डेंगु रोग फैलिन नदिनका लागी एयरपोर्ट टोल बिकास संस्थाले थालेको अभियानलाई अन्य वडाहरुमा समेत पुर्याउनुपर्नेमा जोड दिए । विशेष गरी वर्षा यामको अन्त्यमा देखा पर्ने डेंगु रोग हामी आफ्नै घरबाटै फैलिने र शुरु हुने भएकाले पानी जम्मा हुने ठाउहरुको पहिचान गरी आफ्नो घरटोल सफा राख्नुपर्ने वताए ।

    त्यस्तै वडा नम्बर ८ का वडा सदस्य किरण गौतमले अघिल्लो वर्षपनि पोखरा महानगरपालिकाको वडा नम्बर ८ बाटै कास्कीमा डेंगु देखा परेको र यो वर्षपनि फेरी वडा नम्बर ८ मानै डेंगुको विरामी फेला परेकाले वडा नम्बर ८ भित्रका ग्यारेज र कवाडीहरुमा छरपस्ट राखिएका ड्रम, टिन, प्लाष्टिकका बोतल लगायतमा पानी जमेर लामखुट्टेको संख्यामा वृद्धि भइ डेंगु देखा परेको वताउदै त्यस्ता ठाउमा सरसफाइलाई विशेष जोड दिइएको वताइन ।

    शहरी स्वास्थ्य प्रवद्र्धनका अधिकृत नवराज पौडेलले डेंगु रोग भदौ, असोज र कार्तिक महिनामा देखा पर्ने वताए । डेंगु रोग लागेको ब्याक्तिलाई टोकेको एडिज प्रजातिको लामखुट्टेले स्वस्थ मानिसमा टोक्दा डेंगु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बाट वच्न सके डेंगु रोगबाट बच्न सकिने वताए । दिउसोको समयमा डेंगु फैल्याउने लामखुट्टेले टोक्ने भएकाले शरिर पुरै ढाक्नेगरी कपडा लगाउन सुझाव दिदै पौडेलले घर वरिपरि सरसफाइ गर्ने र पानी जम्न नदिने हो भने लामखुट्टेले फुल, लार्भा र प्युपा उत्पादन गर्न नसक्ने उनको भनाइ रहेको थियो ।

    सो अवसरमा एयरपोर्ट टोल बिकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले आफ्नो वडाबाट डेंगु रोग देखा परेकाले यो वर्षपनि अघिल्लो वर्ष जस्तै डेंगु विरुद्ध सचेतना कार्यक्रमलाई निरन्तरता दिइरहेको वताइन । पोखरा महानगरपालिकाको ८ र ९ मा धेरै डेंगुका विरामी भेटिएका छनभने अन्य वडाहरु १,२,४,५,६,१०,१७ र २५ वडामा गरी हाल सम्म २७ जना संक्रमित बिरामीहरु भेटिएका छन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।