• अम्विका भागवत् नेपाल फाण्उडेशनको अक्षयकोष घोषणा कार्यक्रम

    August 10, 2019     10:05 pm

    साउन २५ पोखरा । अम्विका भागवत् नेपाल फाउण्डेशनले एक कार्यक्रमका विच १ लाख १ हजारको अक्षयकोषको घोषणा गरेको छ । संस्था परिचय तथा अक्षयकोष स्थापना कार्यक्रम संस्थाका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा भएको थियो भने संरक्षक अम्विका नेपालले अक्षयकोषको घोषणा गर्नुभएको हो । फाउण्डेशनले समाजमा रहेका विभिन्न विसंगति, सचेतना, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने जनाएको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै धमस्थली माविका पुर्व प्रध्यानाध्यापक गोविन्दप्रसाद दवाडीले संस्थाका गतिविधिले विश्वभर पुर्याउन सवै जना लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतम, साहित्यकार तथा गायिका अम्बिका भण्डारी, सल्लाहकार शिवनारायण विजुक्छे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन फाउण्डेशनका सचिव देवी श्रेष्ठले गर्नुभएको थियो ।

    हालै स्थापना भएको संस्थाको अध्यक्षमा भागवत् नेपाल, संरक्षक अम्विका नेपाल, उपाध्यक्ष अम्विका भण्डारी, सचिव देवी श्रेष्ठ, कोषाध्यक्ष माधवी नेपाल थापा, सदस्यमा सम्झना पराजुली नेपाल, माया तिवारी, सुनिता सेन्चुरी, कल्पना बराली, सन्तु गुरुड, मन्जु गुरुड, संगीता सुवेदी रहनुभएको छ भने सल्लाहकारमा दुर्गा अधिकारी, शिवनारायण विजुक्छे र रवि सापकोटा चयन हुनुभएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।