• प्रशासनको ‘विज्ञप्ति’ प्रति विश्व हिन्दू महासंघको असन्तुष्टि

    August 10, 2019     9:20 pm


    पोखरा, २५ साउन।महिलाहरुको महान चाड तिज नजिकीदै गर्दा तीजको मौलिक संस्कृतिलाई विगतमा जुन महत्वको साथमा तीज सु–शव्य ढङवाट मनाइने गरिन्थयो, त्यही तवरबाट मनाउन जिल्ला प्रशासन कार्यलय कास्कीले जारी गरेको सूचनाप्रति विश्व हिन्दू महासंघ, कास्कीले गम्भीर खेद प्रकट गरेको छ ।
    पोखरामा शनिवार पत्रकार सम्मेलन गरी प्रशासनले जारी गरेको सूचनाले हिन्दु धर्ममाथि नै विभिन्न वाहानमा हस्तक्षेप गर्न खोजिएको प्रति ध्यानाकर्षण गराएका छन् । उक्त कार्यक्रममा बोल्दै महासंघ कास्की अध्यक्ष पार्वता पौडेलले संस्कृतिमा प्रहार हुनेगरि अत्यन्तै सभ्य र सरल तरिकाले दिदी बहिनी प्रस्तुत हुँदा पनि दिदी बहिनी माथि नै प्रहार हने गरि अभियान चलाउँनु अर्थपूर्ण नभएको बताइन् ।


    नागरिकहरुको व्यतिmगत स्वतन्त्रताको विषय पनि जोडिएसँगै अर्को तर्फ आस्था र धर्म जोडिएको सम्बेदनशिाल विषयमा कसैको दबाब वा प्रभाबमा राज्यले सूचनाका नाममा जिल्ला पशासन कार्यालयले चालेको कदम संबिधानको धारा ३८ को उपधारा ३ बिपरित रहेको बवताउँदै उतm निर्णय फिर्ता लिई सार्वजनिक रुपमा माफी माग्नुपर्ने महासंघले माग गरेको छ । उप्रान्त जिल्ला प्रशासन बिरुद्र अदालतको ढोका ढकढक्याउने समेत अध्यक्ष पौडेलले वताए ।


    कार्यक्रममा विश्व हिन्दू महासंघका सचिव कमल पौडेलले जिल्ला प्रशासन कास्कीले निकालेको विज्ञप्ती प्रति आम सर्वसाधण त्रसित भएको र विभिन्न संघ संस्था तथा अग्रज व्यतिmहरुले पनि यसलाई स्वीकार नगरेको बताउँदै यो अमान्य अभिव्यतmी नसच्चाए समाजमा प्रत्यक्ष सरोकार राख्ने संघ सङगठन तथा महसंघ कडा रुपमा उत्रने बताए ।

    नारी जागरण अभियान तथा विभिन्न संघ संस्था तथा समाजसेवबीको पहलमा तीजलाई तडकभडक रहित तथा मौलिक संस्कृतिको जर्गेना गर्दै चाडपर्व मनाउनका लागि जिल्ला प्रशासन कार्यलय कास्कीमा ज्ञापन पत्र बुझाएसगँै गत श्रावण ९ गते जिल्ला प्रशासन कार्यलय कास्कीका सिडिओ चक्रबहादुर बुढाले चाडपर्व सुरु भएसँगै समाजमा घट्ने अपराधिक गतिविधि बढि हुने हुदाँ पनि तिजका नाममा हुने तडकभडक, गरगहना प्रर्दशनले सामाजिक सांस्कृतिक सम्प्रदायमा असर पर्ने भएकाले समयमै सजग र सर्तक गराएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।