पोखरा, २५ साउन।सामुदायिक सेवा केन्द्र एंव सामुदायिक प्रहरी सेवा वैदाम, पोखराको १८औं वार्षिक साधारण सभा यही श्रावण २५ गते सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घायटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले सामुदायिक प्रहरी सेवा केन्द्र वैदाम कास्कीले समाजका विकृती विसंगति न्यूनिकरणका लागि गरेको कार्य प्रति आभार प्रकट गर्दै नेपाल प्रहरीले अवलम्ब गरेको समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत नेपाल प्रहरी, स्थानिय तह, समुदाय, सामाजिक संघ संस्था, विद्यालय तथा आम सञ्चार माध्यम संग साझेदारी स्थापना गरी नागरिक, प्रहरी र समुदाय बिचको सम्बन्धबाट समाजको सुदृढिकरण गर्ने उदेश्य रहेको स्पष्ट पार्नुभयो ।
साथै संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले समाजमा शान्ति सु(व्यवस्था खलल पारी अपराधिक क्रियाकलाप गर्दै हिड्नेहरुलाई कानूनि दायरामा ल्याउन नेपाल प्रहरी पछि नहठ्ने बताउँदै प्रहरी र नागरीकको एक आपसमा सहयोग र सहकार्यबाट मात्रै विकृति विसंङगति मुक्त समाजको निर्माण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै उक्त सेवा केन्द्रका अध्यक्ष मिना भट्टराईले समाजका विकृति विसंङगति न्युनिकरणका लागि सामायिक प्रहरी सेवा केन्द्र सदैव लागि रहने कुरा बताउँदै आगामि दिनमा पनि सरोकारवाला सम्पुर्ण निकायहरुको साथ र सहयोगको अपेक्षा रहेको कुरा बताउनु भयो ।उक्त कार्यक्रममा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्याल, जिल्ला प्रहरी कार्यलय कास्की प्रमुख प्रहरी उपरीक्षक दान वहादुर कार्की, वडा प्रहरी कार्यलय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक कोमल शाह, विभिन्न सामिदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष तथा प्रतिनिधिहरु, विनिन्न आमा समूह तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।