• १० लाखमा सफल एग्रो उत्पादन तथा प्याकेजिङ उद्योग

    August 10, 2019     7:46 pm

    पोखरा २५ साउन । पोखरा महानगरपालिका वडा नं. ५, पस्र्याङमा सफल एग्रो उत्पादन तथा प्याकेजिङ विक्री केन्द्र शुभारम्भ भएको छ । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमको सहयोगमा पोखरा–५ स्थित सफल महिला विकास केन्द्रले उक्त उद्योग सञ्चालन गरेको हो ।
    २०७४ सालमा स्थापित उक्त उद्योगमा हाल १ सय २० जना महिला आवद्ध छन् । पोखरा महानगरको ४ लाख र समूहमा आवद्ध सदस्यबाट संकलित ६ लाख गरी १० लाख रुपैयाँको पुँजी लगानीमा सफल एग्रो सञ्चालन भएको हो । उद्योग शनिबार पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले शुभारम्भ गरिन् । कार्यक्रममा उपप्रमुख गुरुङले चुलोचौकामा सीमित महिलाहरू बाहिर निस्किएर उद्यमशीलतामा लाग्नु महत्वपूर्ण भएको बताइन् । उनले उद्योग पारदर्शी ढंगले सफलतापूर्वक सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइन् ।


    साथै नाफामात्र नहेरी स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई विशेष महत्व दिन उनले आग्रह गरिन् । उपमेयर गुरुङले महिला चुलोचौकोबाट बाहिर आउन्ुपर्छ भन्ने उद्देश्यले नै महिलासंग उपमेयर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडाकै शिर ठाडो हुनेगरी उद्योग सञ्चालन गर्न आग्रह गर्दै उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।


    वडासदस्य उज्वल खत्रीले उद्योग खोल्नुमात्र ठूलो कुरा नभएको भन्दै उद्योगलाई दीगोरुपमा सञ्चालन गर्नु अवको चुनौती भएको बताए । उनले उद्योग खोलिसकेपछि प्रतिस्पर्धात्मक ढंगले अघि बढ्न र गुणस्तरीय समानले भरिपूर्ण बनाउन आवश्यक रहेको स्पष्ट पारे । उद्योगमा आर्थिक पारदर्शिता, सञ्चालक तथा कर्मचारीमा नम्र व्यवहार र मीठो बोली हुनुपर्ने खाँचो समेत औंल्याए ।पोखरा महानगर अन्तर्गत सहकारी समिति संयोजक तेजनारायण अधिकारीले महिलाद्धारा सञ्चालित कार्यक्रम तथा उद्योगहरु अवश्य सफल हुने विश्वास व्यक्त गरे । पस्र्याङ टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम भट्टराईले गुणस्तरीय र शुद्ध अर्गानिक सामग्री उत्पादान गर्नुपर्नेमा जोड दिए ।


    समितिका अध्यक्ष सृजना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरकी कार्यपालिका सदस्य राधिका शाही, उद्योगकी कार्यक्रम संयोजक एवं वडा सदस्य हरिमाया विक, वडासदस्य अञ्जु केसी, प्रेमदेवी परियार, धर्मस्थली आमा समूहकी अध्यक्ष ईन्दिरा पराजुली, समाजसेवी शुभद्रा कोइराला, समितिकी उपाध्यक्ष धनमाया पण्डित, उमा कोइराला, सचिव पवित्रा शर्मा लगायतले बोलेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।