• चाडपर्व नजिकिँदै गर्दा महंगी बढ्यो, दैनिक उपभोग्य वस्तुको खुद्रा मुल्य २२ प्रतिशतसम्म वृद्धि

    August 9, 2019     10:08 pm

    काठमाडौं २४ साउन। दशैं तिहार लगायतका चाडपर्व नजिकिदै गर्दा दैनिक उपभोग्य वस्तुमा महंगी बढेको छ । सरकारले संकलन गरेको मुल्यसूची अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य २२ प्रतिशतसम्म बढेको हो ।सरकारले नेपाल खुद्रा व्यापार संघमार्फत गत जेठ ३१ गते र साउन २१ गतेको मुल्य संकलन गरेको छ । सो अनुसार दैनिक उपभोग्य वस्तुको मुल्य ६ देखि २२ प्रतिशत सम्म बढेको छ ।संकलित विवरण अनुसार स्टिम जिरा मसिनो चामलको मुल्य ६ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ । गत ३१ मा प्रतिकेजी ७५ रुपैयाँका दरले रहेको स्टिम जिरा मसिना चामलको मुल्य साउन २१मा (मंगलवार) ८० रुपैयाँ प्रतिकिलो पुगेको छ ।त्यस्तै लङ्ग ग्रेन बासमती चामलको मुल्य ७ दशमलव ६९ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ गते प्रतिकिलो १ सय ३० रुपैयाँका दरले रहेको सो चामलको मुल्य गत मंगलवार १ सय ४० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।तथ्याङ्क अनुसार तराईको ताइचिन चिउराको मुल्य ७ दशमलव १४ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा ७० रुपैयाँ प्रतिकिलो रहेको उक्त चिउराको मुल्य मंगलवार ७५ रुपैयाँ प्रतिकिलो पुगेको छ ।

    जिरा पाउडरको मुल्यमा ११ प्रतिशतले वृद्धि हुँदै ५ सय रुपैयाँ प्रतिकिलो पुगेको छ । जेठ ३१ मा ४ सय ५० रुपैयाँ प्रतिकिलो रहेको जिरा पाउडरको मुल्य मंगलवार देखि ५ सय रुपैयाँ प्रतिकिलोमा विक्री भइरहेको छ ।दशैं तिहारका बेला बजारमा अत्यधिक माग हुने चिनीको मुल्य ६ दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ८० रुपैयाँका दरले रहेको चिनीको मुल्य पछिल्लो समय ८५ रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको सरकारी तथ्यांक छ ।सो अवधिमा गहुँको उपभोक्ता मुल्य ११ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१मा ४५ रुपैयाँ प्रतिकिलो रहेको गहुँ मंगलवारयता ५० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।खुद्रा व्यवसायीहरुका अनुसार चाडपर्वका बेला बढीमात्रामा विक्री हुने मैदाको मुल्यमा २० प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा ५० रुपैयाँ प्रतिकिलोका दरले रहेको मैदाको मुल्य मंगलवारदेखि ६० रुपैयाँ प्रतिकिलोका दरले विक्री भइरहेको छ ।त्यस्तै आटाको मुल्य पनि ठुलो अन्तरले वृद्धि भएको छ ।

    जेठ ३१ र साउन २१ गतेको तुलनामा आटाको मुल्य २२ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । जेठ ३१ मा प्रतिकिलो ४५ रुपैयाँका दरले रहेको आटा मंगलवार ५५ रुपैयाँ प्रतिकिलो पुगेको तथ्याङ्क छ ।त्यस्तै सुजीको मुल्यमा ८ प्रतिशतले वृद्धि हुँदै ६५ रुपैयाँ प्रतिकिलो पुगेको छ । यसअघि जेठ ३१ मा सुजीको मुल्य प्रतिकिलो ६० रुपैयाँ रहेको थियो ।तथ्याङ्क अनुसार घ्यु, भटमास, चना लगायतका केही दैनिक उपभोग्य वस्तुको मुल्यमा गिरावट समेत आएको छ । चिनी, आटा, चामल लगायतका दैनिक उपभोग्य वस्तु भन्दा तुलनात्मक रुपमा कम खपत हुने वस्तुहरुको मुल्यमा २५ प्रतिशतसम्म गिरावट आएको छ ।केही वस्तुहरुको मुल्य यथावत् रहेको समेत तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।