• पोखरामा पछिल्लो ९ दिनमा २१ जना डेंगुका बिरामी भेटिए

    August 9, 2019     8:28 am

    पोखरा, २३ साउन / पोखरामा पछिल्लो ९ दिनमा २१ जना डेंगुका बिरामी भेटिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ । बिहीबार पोखरामा भएको कार्यक्रम गरिमा स्वास्थ्य निर्देशनालयका निर्देशक खिम बहादुर खड्काले जानकारी दिए । पोखराको वडा नम्बर ४, ८, ९, १०, १७, २५ मा १७ जना र तनहुँ, स्याङजा र धरानका पोखरा आएका ४ जनामा डेंगु लागेका विरामी भेटिएको उनले बताए ।

    उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही घर फर्किसकेको उनले बताए । धरानबाट डेंगु लागेर औषधी खाइ रहेका दुई जना पोखरा आएको बताए । पोखरा बसपार्क क्षेत्र र धेरै ग्यारेजहरु भएको क्षेत्रमा बढि मात्रामा डेंगुका विरामी भेटिएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त पौडेलले जनाकारी दिए । उनले पोखरा पर्यटकीय क्षेत्रमा भने त्यसको कुनै असर नरहेको बताए ।

    पोखरामा भेटिएका बिरामीको ज्यान जोखिममा नरहेको उनले बताए । पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले उपचारभन्दा पनि उत्पत्ति रोक्न जरुरी भएको बताए । ‘लामखुट्टेका लार्भा रहने स्थान पहिचान गरी नष्ट गर्ने अभियान वडामा चलाइएको छ’, उनले भने, ‘महानगर मात्र होइन, यसबारे सबै सचेन हुन आवश्यक छ ।’

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।