• त्रिशूलीमा ३८ यात्रु सवार बस खस्याे, ३ को मृत्यु र १६ को उद्धार, हराइरहेकाहरूको खोजी

    August 9, 2019     8:18 am

    २४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ ।

    ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरे । एसपी बैदवारका अनुसार, मृतकको सनाखत हुन बाँकी छ ।

    दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । बसमा ३८ यात्रु सवार रहेको बताइएको छ । ३ को मृत्यु र १६ को उद्धार गरिएकाले बाँकी यात्रु त्रिशूली नदीमा हराइरहेको हुनसक्ने एसपी बैदवारले अनलाइनखबरलाई जानकारी दिए । यद्यपि, बसमा ठ्याक्कै यति नै यात्रु थिए भन्ने नखुलेकाले हराउनेको संख्या यकिन हुन नसकेको उनले बताए ।

    ‘बसमा ३८ यात्रु चढेको जानकारी हामीलाई आएको छ’, एसपी बैदवारले भने, ‘बीच–बीचमा झार्दै र चढाउँदै ल्याइएकाले दुर्घनाको समयमा कति यात्रु थिए भन्ने यकिन गर्न सकिएको छैन । तर, केही यात्रु नदीमा हराइरहेका छन् ।’ उनले नदीमा डुबेको बस तानेर हराइरहेकाहरूको खोजीकार्य भइरहेको बताए । बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।