पोखरेली न्युज ४ चैत / गण्डकी प्रदेशले प्रदेशभित्रका होमस्टे (ग्रामीण घरबास) कार्यक्रमलाई दिएको अनुदान रकम स्याङ्जाका ४२ होमस्टेले सम्झौता गरेको छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्र्तगत विनियोजित रकम १० लाखका दरमा ४ करोड २० लाख रकम सम्झौता गरिएको हो ।
चालु आर्थिक वर्षलाई प्रदेश सरकार, गण्डकीले प्रदेश भ्रमण वर्ष घोषणा गरेको छ । घोषित कार्यक्रमलाई प्रभाबकारी बनाउन अनुदान रकम दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशका ११ जिल्लाभित्रका होमस्टेलाई व्यस्थित र स्तरउन्नती गर्नका लागि ३० करोड रकम विनियोजन गरिएको छ । उक्त रकमबाट ३ सय होमस्टे बन्ने मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।
स्याङ्जाबाट आबेदन दिएका ४५ होमस्टे मध्ये ४२ होमस्टेलाई छनौट गरि अनुदान रकम दिइएको हो । जिल्लाका ११ स्थानीय तहमध्ये नगरपालिका तर्फ गल्याङ्ले १२, वालिङले ११, पुलतीबजारले ६ र भीरकोटले ३ वटा होमस्टे अनुदान लगेका छन् । अनुदान लग्ने होमस्टेमा गाउ“पालिका तर्फ आ“धीखोला, कालीगण्डकीमा ३÷३ वटा, फेदीखोलामा २, अर्जुनचौपारीमा १ र बिरुवामा १ रहेका छन् ।
“प्रदेश सरकार बनेको छोटो समयमा कर्मचारीको व्यवस्थापन नगर्दै ठूलो रकम अनुदान दिदा प्रभाबकारी कार्यान्वयन हुनेमा समस्या देखिन्छ ।” डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख डिभिजनल वन अधिकृत अजय कार्कीले भने, “कार्यान्वयनको संयन्त्र नबन्दै अनुदान रकम पनि दामासाहिले वितरण गरिएको छ ।”
साविककै वन कार्यालयको योजना थेग्ने कर्मचारी छैनन्, मन्त्रालय थपेर काम थपिदा थप जनशक्ति अभाब भएको कार्कीले सुनाए । प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर पनि अनुगमन गर्ने निकाय नबनाएर कमजोरी गरेको कार्कीको बुझाई छ । वनका कर्मचारीले पर्यटनको काम गर्नुपर्दा अलमल सृजना भएको उनले बताए ।
“अनुदान लग्ने होमस्टमा नया“ ६० र पुराना ४० प्रतिशत छन् ।” सम्झौतामा ब्यस्त सहायक वन अधिकृत पूर्णप्रसाद भारतीले भने, “सम्झौता भएका होमस्टेको कुल लगानीमा सम्बन्धीत स्थानीय तह १० र उपभोक्ताले २० प्रतिशत श्रमदान गर्ने व्यवस्था गरिएको छ ।” समुदाय र स्थानीय तहले गर्ने लगानी सुनिश्चित नभएको दाबी गर्दै भारतीले भने, “मन्त्रालयले दिएको यहि १० लाखले काम गरे राम्रो हुन्छ ।”
“गाउ“–गाउ“मा ग्रामीण पर्यटक प्रबद्र्धनमा होमस्टे आकर्षणको केन्द्र बनेका छन् ।” मिलेनियम भैसेगौडा सामुदायिक होमस्टे पुलतीबजार ७ का अध्यक्ष बालकुमार गुरुङ्ले भने, “स्थानीय उत्पादन हुन छाड्दै जानुले ग्रामीण पर्यटनमा उत्साह आएको छैन् ।” हामीले २ वर्षदेखि होमस्टे चलाएका थियौं, अनुदान रकमले थप व्यवस्थित बन्नेमा गुरुङ्ले आशा जनाए ।
“नेपालकै पहिलो ग्रँमीण पर्यटकीय गाउ“ ‘पञ्चमूल सिरुवारी’ स्याङ्जाकै आ“धीखोलामा पर्छ भन्ने त थाहा थियो ।” गराङ्दी सामुदायिक होमस्टे गल्याङ् २ का सदस्य अशोक थापाले भने, “१० लाख लगेर २० घरमा ६० पर्यटक बसाउन सकिने गरि काम शुरु गरेका छौं ।” होमस्टे गाउ“हरुको अवलोकन, तालिम लिएर गराङ्दीलाई नया“ गन्तव्य बनाउन लागेको थापाले बताए ।