• लामाचौरमा तिज महोत्सव, तयारी तिव्र

    August 8, 2019     8:57 pm

    पोखरा २३, साउन। आउदो भदौं १२ गते देखि संचालन हुने लामाचौर तिज महोत्सव २०७६ लाई डिसहोम टेलिभिजनले साथ दिने भएको छ । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा भदौं १६ गतेसम्म संचालन हुनेछ । उक्त महोत्सवलाई सफल पार्न डिसहोमले मुख्य प्रायोजकको रुपमा सहयोग गर्ने भएको महोत्सवका प्रचार संयोजक बुद्धि बहादुर खत्री क्षत्रीले बताए । अन्तर मावि छात्रा भलिवल प्रतियोगिता एकता बुक्स डिष्ट्रिव्यूटर प्रा.लिले, अन्तर मावि लोक नृत्य प्रतियोगितामा पवित्र गणेश सप्लायर्सले शिर्षक प्रायाेजन गर्ने प्रचार संयोजक क्षत्रीले जनाए । त्यसै गरी खुल्ला एकल नृत्य प्रतियोगितालाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेशले साथ दिने भएको छ भने समुहगत तिज गित प्रतियोगितालाई दि यूनाइटेड गोल्ड मार्ट प्रा.लि.ले टाइटल प्रायाेजकका रुपमा रहने समाजले जनाएको छ ।
    पोखरा महानगरपालिका १९ स्थित पुरुन्चौर क्षेत्रमा समाजले स्थानिय आमा समुह, क्लव, बिद्यालय तथा विभिन्न संघ संस्थाहरुसंग छलफल गरेको छ । उक्त छलफलमा स्थानिय आमा समुह, क्लव, बिद्यालय तथा विभिन्न संघ संस्थाहरुले उक्त महोत्सवलाई सफल पार्न आफुहरु कटिवद्ध रहेको भारतिय मावि बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष दीपक पौडेलले बताए । स्थानिय युवाहरुलाई महोत्सवमा समेट्न आफुहरु तयार रहेको स्थानिय एक युवा इमानराज पौडेलले जनाए । उक्त महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुले आ–आफनो जिम्मेवार वहन गर्दै गर्दा हालसम्म करिब २५ लाख रुपैया संकलन हुने लगभग पक्का भएको प्रचार संयोजक क्षत्रीले जनाए । बचन सहित केही नगद गरी उक्त रकम हालसम्म संकलन भएको बताएका खत्रीले महोत्सव सम्पन्न गर्न बाँकी १५ लाख ६२ हजार संकलन गर्न समाज लागि परेको जनाए । यस बर्ष समाजले नयाँ प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले नाकोड्र्स आइडल( एकल खुल्ला नृत्य प्रतियोगिता गर्दैछ।
    “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्घोषका साथ आयोजना हुने उक्त महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए । महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने भएको पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले बताए । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ ।
    उक्त महोत्सवको अवसरमा संचालन हुने राष्ट्रिय महिला भलिवल प्रतियोगितामा यस बर्ष निरन्तरता पाउने भएको छ । त्यसै गरी महोत्सवमा प्रदेश स्तरीय आमन्त्रण राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता, अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, समुहगत तीज गीत प्रतियोगिता, अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता, लगातका प्रतियोगिताहरु हुने भएको छ । राष्ट्रिय कलाकारको प्रस्तुती, बाल उद्यान, व्यापारीक स्टलहरुको प्रर्दशनी, श्रष्ठा सम्मान लगायतका कार्यक्रमहरु समेत हुने भएकाछन्। उक्त महोत्सवको सम्पूर्ण तयारीलाई भने तिव्र पारिएको समाजले जनाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।