• क्यान्सर पीडितलाई उपराष्ट्रपतिको एक महिनाको तलव सहयोग

    August 8, 2019     8:34 pm

    काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले एक महिनाको तलब रकम क्यान्सर पीडितका लागि सहयोग गर्नुभएको छ । उहाँले बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोय अभियान’लाई एक महिनाको तलब बराबरको रकम हस्तान्तरण गर्नुभएको हो ।
    उपराष्ट्रपति पुनले कर र अन्य कट्टि भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उपराष्ट्रपतिले केहीं दिन अघि नेपाल क्यान्सर सहयोग समूहले आयोजना गरेको कार्यक्रममा आफ्नो एक महिनाको तलव क्यान्सर पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
    उपराष्ट्रपतिले रकम हस्तान्तरण गर्नुहुँदै क्यान्सर पीडितहरुलाई सबैले सहयोग र माया गर्नुपर्ने बताउनुभयो । सहयोग रकम लिंदै क्यान्सर सहयोग अभियानका अध्यक्ष श्रेष्ठले उपराष्ट्रपतिको सहयोगबाट आफूहरु र क्यान्सर पीडितहरु अत्यन्त उत्साहित भएको बताउनुभयो । उहाँले क्यान्सर पीडितहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।