• तुलसीपुरको कपडा बैकमा थामिनसक्नु भिड

    August 8, 2019     5:46 pm

    शरद रेग्मी तुलसिपुर,श्रावण २३ । दाङको तुलसीपुरमा केहिदिन अगाडिदेखि संचालनमा आएको कपडा बैकमा भिडभाड बढन थालेको छ । कपडाको पहुँचवाट बञ्चित भएकाहरुलाई मध्य नजर गरी मंगलवारदेखी तुलसीपुर बसपार्कमा केन्द्र संचालन भएको थियो । सहायता केन्द्रका अध्यक्ष भिमसेन लहरेले दैनिकजसो कपडा लैजानेकरुको भिडभाड हुन सुरु भएको बताउनुभएको छ । बिहिबार सम्म झण्डै चारसए जनाले कपडा बैकमा आएर विभिन्न किसिमका कपडाहरु लगेको अर्का सञ्चालक हरि केसिले जानकारी दिनुभयो ।


    यता आज कपडा बितरण गर्न बसपार्क पुग्नुभएका तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतले समाज सेवाको गत्तिलो उदाहरण सहायता केन्द्र भएको बताउनुभएयो । उहाले भन्नुभयो “युवा ब्यबसायिहरुको उदाहरणीय काम देखेर आफुले यसक्षेत्रमा नयाँ अभियानको सुरुभएको अनुभुती गरेको बताउनुभयो ।उहाले आफुले समेत सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाले देशका विभिन्न ठाउहरुमा निशुल्क बिचरणका लागि कपडा बैक सञ्चालन भएको सन्दर्भमा तुलसिपुरमा पनि यस्को अति आबश्यक रहेको औल्याउनुभयो । उहाले भन्नुभयो यो सधैंभरि सञ्चालन हुन जरुरि छ । उहाँले समुदायलाई केही न केही सहयोग पुगोस भन्ने उदेश्यका साथ सुरु गरिएको यो अभियानमा सबैले सहयोग गरी निरन्तरता दिनु पर्ने बताउनु भयो ।


    त्यसैगरी कार्यक्रममा यातायात ब्यवसायी महासंघका केन्द्रीय सल्लाकार तथा त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमालले यातायात व्यवसायी,कर्मचारी र मजदुरले मिलेर कपडा साहेता केन्द्र संचालनमा ल्याएको बताउनुभयो । उहाँले गरिव दुःखीलाई आफ्नो नाङ्गो शरिर छोप्नको लागि सहायता केन्द्र सहयोगी बन्ने समेत बताउनुभयो । त्यसैगरी सित्तैमा कपडा पाउँदा खुसी नागरिकहरु खुशी भएका छन । छानिछानि सित्तैमा कपडा लैजान पाएकोमा यसक्षेत्रका नागरिकहरुले खुसी व्यक्त गरेका छन ।


    यसैबीच तुलसिपुर कपडा बैकका सञ्चालक एव यातायात ब्यबसायि प्रकाश भट्टले नगरबासिहरुमा सहयोगको अपिल गर्नुभएको छ । उहाले घरमा भएका सरफा, राम्रा र प्रयोगमा नआएका कपडाहरु सहायता केन्द्रमा ल्याईदिन समेत आग्रह गर्नुभएको छ ।
    यहाले एक जनालाई एक जोर कपडा रोजेर निशुल्क दिने ब्यबस्था मिलाएको समेत जानकारी दिनुभयो ।हतल अस्थायिरुपमा नयाँ बसपार्कको गेटमा सहायता केन्द्र सञ्चालनमा ल्याएपनि केही दिनमा सटर कोठा बाट सो अभियान सञ्चालन गर्ने योजना रहेको बताईएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।