• बाख्रापालक कृषकलाई महानगरको अनुदान

    August 8, 2019     5:29 pm

    पोखरा–२८ का बाख्रापालक कृषकलाई व्यावसायीक बाख्रापालनका लागि महानगरपालिकाले अनुदान वितरण गरेको छ । पोखरा–२८ स्थित ५० घर बाख्रा पालक कृषकलाई जनही ४० हजारका दरले रु. २० लाख रुपैंया महानगरले वितरण गरेको हो ।

    स्थानीय व्यावसायीक बाख्रा पालन समिति र वडा नं. २८ को समन्वयमा वडा कार्यपालिकाको कार्यलय–२८ मा आयोजित एक कार्यक्रमका विच बुधबार महानगरका प्रमुख मान बहादुर जिसीले सो अनुदान वितरण गर्नुभएको हो । वितरण समारोहमा प्रमुख जिसीले अनुदान रकम जीवनस्तरको गर्जो टार्ने मात्र नभई कृषकहरुलाई व्यावसायीक बनाउन समेत उपयोगी हुने धारणा राख्नुभयो । कार्यक्रममा वडा नं. २८ का वडा अध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रा सहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकता तर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताउनु भयो ।

    स्थानीय प्रजातीका बाख्राहरुको पालन र प्रवद्र्धनमा समेत अनुदान फलदायी हुने उहाँको धारणा थियो । पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरु आगामी दिनहरुमा समेत निरन्तर रहने बताउनु भयो । व्यावसायीक बाख्रा पालनका लागि महानगरले पोखराका १९ र २८ नम्बर वडाका कृषकहरुलाई अनुदान वितरण गर्नेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।