• पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा ९ घाइते

    August 7, 2019     10:55 pm

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा बस र ट्रक ठोक्किँदा नौ जना घाइते भएका छन् । काठमाडौँबाट दमौलीतर्फ आउँदै गरेको बा १ प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना ६ ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    घाइते भएका सबै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।त्यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी बाधमा नदीमा आज एक महिला मृतावस्थामा फेला परेकी छिन् । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएअनुसार मृत्यु हुनेमा गोरखा पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की रहेकी छिन् । मङ्गलबार बिहान करीब ८ बजे घरबाट निस्केकी फूलमाया आज दिउँसो मस्र्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समया लगाएर शव बाहिर निकालेको थियो ।

    शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । ती महिलाले आत्महत्या गरेकी हुन् वा नदीले बगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।