पोखरा, २२ साउन । गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले काम प्रति बफादार र लगनशिल भएर लाग्न कर्मचारी हरुलाई निर्देशन दिनुभएको छ ।वन निर्देशनालय ले कास्कीको लुम्लेमा आयोजना गरेको आर्थीक बर्ष २०७५÷०७६ को वार्षिक प्रगति समिक्षा कार्यक्रम मा बोल्दै मन्त्री लम्सालले देशप्रति समर्पित हुदै लगनशील र कर्मनिष्ठ भएर कामगर्न कर्मचारीहरु लाई निर्देशनदिनु भएको हो ।उहाँले आर्थीक बर्ष २०७५÷०७६मन्त्रालयले बनाएको योजना सफलपूर्वक कार्यान्वयन भएको चर्चा गर्दै ढिला गरि प्रदेश स्तरका कार्यालय स्थापना तथा कर्मचारी समायोजना लगाएतका समस्या हुदाँ हुदै पनि मन्त्रालयले उत्कृष्ट कार्यसम्पादन गरेको मा खुसी व्यक्त गर्नुभयो । अघिल्लो अर्थीक बर्षमा हामी ले लिएको जिम्मेवारी कार्यान्वयनगर्न मूलभुत रुपमा सफलभएका छौँ, मन्त्री लम्सालले भन्नुभयो” आगामी अर्थीक बर्षमा थप सफलता प्राप्त गर्ने गरी नयाँ कार्य योजना बनाएर लाग्नुपर्छ, ।
वजेट कार्यान्वयनगर्ने जिम्माकर्मचारीकै रहेकाले आर्थीक बर्षको अन्त्यमा मात्र काम थालनी गर्ने परिपाटीको अन्त्यगर्दै मंसिर सम्ममा सबै प्रक्रिया पुरा गरेर काम सम्पन्न गरी बजेट तथा योजनाको पूर्ण कार्यान्वयनहुने गरि काममा खट्न मन्त्रीलम्सालले कर्मचारीहरु लाई निर्देशन दिनुभयो ।उहाँले उद्योग,पर्यटन र वन बाट प्रदेश सरकारको दिगो विकासका लक्ष्य तथा उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना र गरीबीनिवारणमा टेवा र्पुयाउने गरि योजना बद्ध हिसाबले काममा ख्टन निर्देशन दिनुभयो ।
कठिन परिस्थिति मा पनि इमान्दारिताका साथ उत्साहित भएर काम गर्न कर्मचारीहरु सक्षमहुने भन्दैकार्य सम्पादनगर्ने क्रममा सुखरदुःखदुवै आइपर्ने उल्लेख गर्दै त्यसमाप्रवाहनगर्न पनि कर्मचारी हरु लाई सचेत गराउनुभयो ।मन्त्रीलम्सालले उत्कृष्ट कार्य सम्पादनगर्ने कर्मचारीलाई मन्त्रालयले उचित पुरस्कार तथा सम्मानप्रदानगर्ने घोषणा पनिगर्नुभयो । सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै तनहुँकाजिल्ला डिभिजन वनअधिकृत केदार बराललाई सम्मानका साथ पुरुस्कृत गरिएको थियो ।मन्त्रालयका गत आर्थीक बर्षका कार्ययोजना,कामगर्दाका चुनौती र भावी योजनाका बिषयमा छलफल भएको कार्यक्रम बुधबार सम्पन्न भएको छ ।