• पोखरा फाइनान्स २३ औं वर्षमा प्रवेश

    March 18, 2019     8:35 pm

    पोखरेली न्युज ४ चैत /पोखरा–९, न्युरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा संस्थाले बैंकिङ साक्षरता एवं सफा नोट अभियान सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको थियो । संस्थाको बाँझापाटनस्थित शाखा कार्यालयबाट शुरु गरिएको उक्त र्‍याली भद्रकालीचोक, काहुँखोला परिक्रमा गरिएको थियो ।

    यस्तै गरी संस्थाले आईतवार शैलुङ टोल सुधार समिति, कुँडहर र काहँुखोला टोल विकास समितिमा डस्टविन वितरण गर्नुृका साथै प्रधान कार्यालयको प्राङ्गणमा रक्तदान गरेका थियो । क्षेत्रीय रक्त सञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको थियो ।

    चुक्ता पुँजी ८५.७२ करोड रहेको संस्थाको हालसम्म प्रधान कार्यालय सहित १९ वटा शाखा कार्यालयहरु सञ्चालनमा आईसकेको र निकट भविष्यमा थप २ शाखाहरु काठमाण्डौंको गोंगवु र ललितपुरको मानभवन कुमारीपाटी बजार क्षेत्रमा एवं एक एक्सटेन्सन काउण्टर कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा स्थापना गरिने संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले वताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।