• लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्टद्धारा दुख ब्यक्त

    August 5, 2019     8:34 pm

    पोखरा साउन २० गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको पुल, पक्की पुल, मोटरबाटो र सिचाइमा क्षती पुगेको छ ।आइतबार राती परेको अविरल वर्षाका कारण लोमान्थाङ खोला एक्कासी वढेपछि पुर्याएको क्षती प्रति गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्ट दुख ब्यक्त गरका छन ।

    सभासद विष्टले सोमबार एक विज्ञप्ती जारी गरी लोमान्थाङ खोलामा वषाएपछि एक्कासी आएको बाढीका कारण पुगेको क्षतीले आफु निकै दुखित वनेको वताउदै उक्त स्थानमा भएको क्षतीको विवरण संकलन गरी आफुले सक्दो सहयोग गर्ने र प्रदेश सरकार र स्थानिय सरकार संग मिले क्षती भएको ठाउमा राहतका लागी प्रवन्ध मिलाउने समेत उल्लेख गरेका छन ।वर्षा अझै जारी रहेकाले लोमान्थाङ लगायत उपल्लो मुस्ताङका बासिन्दाहरुलाई संयमित बनी सुरक्षित स्थानमा बस्न र भइपरि विपद आइपरे उद्धारका लागी तयार रहन समेत सभासद विष्टले आग्रह गरेका छन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।