• हरिहर गुफा सन्यास आश्रममा तेश्रो सोमबार भक्तजनको भीड

    August 5, 2019     6:22 pm

    पोखरा २० गते । हरिहर गुफा सन्यास आश्रममा साउनको तेश्रो सोमबार उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन । नागपञ्चमी संगै सोमबार बोलवम परेकाले भक्तजनहरुको बाक्लो सहभागीता रहेको थियो । पोखरा महानगरपालिका वडा नम्बर २० ले हरिहर गुफा सन्यास आश्रममा पहिलो पटक बोलबमको आयोजना गरेकाले पनि भक्तजनहरुले उल्लेख्य सहभागीता जनाएका हुन ।भक्तजनहरुले पोखराको सेती नदी र काली खोलाको संगम स्थल रिट्ठाघाटबाट जल सहित शोभायात्र निकाली हरिहर मन्दिर परिसरमा पुगी त्यहा रहेको शिव लिंगमा जल चढाउने गर्छन । जस अनुरुप साउन महिनाको तेश्रो सोमबार पनि भक्तजनहरुले रिट्ठाघाटबाट सेती नदीको जल लिएर हरिहर गुफा परिसरमा पुगेका थिए ।यो वर्षदेखी सुरु भएको बोलवम यात्रालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले वताए । बोलवम मात्र नभइ हरिहर गुफामा धार्मिक पर्यटक भित्रयाउनका लागी विभिन्न पर्वहरु वाला चतुर्दशी, शिवरात्री जस्ता पर्वहरुमा भब्य धार्मिक कार्यक्रमको आयोजना गरिने गुरुङले वताए । पोखरा देखी नजिकैै रहेको भएतापनि हरिहर गुफा प्रचार प्रसारको ओझेलमा परेकाले गुफाको प्रचार प्रसार गरी हरिहर गुफामा धार्मिक पर्यटक भित्रयाउनका लागी पोखरा महानगर र त्यसमा पनि सिंगो वडा नम्बर २० लागी परेको उनको भनाइ रहेको थियो ।

    हरिहर गुफा सन्यास आश्रमले पनि वडा संग समन्वय गरी यो वर्षदेखी वोलवम संगै अन्य शिवजी संग सम्बन्धित चाडपर्वहरुमा विशेष कार्यक्रम गर्ने आश्रमका कार्यबहाक अध्यक्ष अर्जुन बहादुर क्षेत्रीले वताए । क्षेत्रीका अनुसार हरिहर गुफा सन्यास आश्रममा धार्मिक पर्यटकहरुका लागी बास बस्ने ब्यवस्था भएको भएतापनि हाल सम्म प्रचार प्रसारको कमीका कारण धार्मिक पर्यटकको गन्तब्य बन्न सकिरहेको छैन ।यसैविच हरिहर गुफा सन्यास आश्रममा साउनको अन्तिम सोमबार पोखरा महानगरपालिका २० र ११ वडाको संयुक्त आयोजनामा बोलवम यात्राको आयोजना गरिने भएको छ । हरिहर गुफामा पोखरा ११, २०, १ र १६ नम्बर वडाका भक्तजनहरुको सहभागीता रहने भएकाले पनि पोखरा ११ र २० को संयुक्त आयोजनामा पोखराको फुलवारी बाट शोभायात्रा सहित हरिहर गुफा परिसरमा पुगी बोलवम मनाउने पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।