• जडिबुटी दिवसको अवसरमा सेती किनारमा वृक्षरोपण

    August 4, 2019     10:04 pm

    पोखरा साउन १९ / विश्व जडिबुटी दिवस तथा आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सवको अवसरमा पतन्जली योग समिति कास्कीले वृक्षरोपण तथा हवन यज्ञ गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछाने योगको माध्यमबाट वडावासी निरोगी हुन सकुन भन्ने अभिप्रायले वडाले योग केन्द्रहरु वनाउन विभिन्न सहयोग गर्दै आएको वताए ।कार्यक्रमका विशेष अतिथि लोकदर्शन कोइरालाले पोखरा ९ को शान्तिघाट, सेतीको किनार जोखिम युक्त भएकोले जडिबुटि जन्य रुखका विरुवाले पहिरो रोकथाम र वातावरणलाई राम्रो हुने वताए ।

    योग गरौं, रहौं निरोग भन्ने मुल मन्त्रले अभिप्रेरित भई पोखराका करिब २५ भन्दा वढि योग केन्द्रबाट सहभागिता रहेको समितिका महामन्त्री प्रकाश बास्तोलाले वताए ।सो अवसरमा बर, पिपल पुत्रन्जी, राजबृक्ष, तेजपत्ता, पारिजात, कपुर लगायत फलफुलका वेर्ना सारिएको थियो । वृक्ष रोपणको साथै आचार्य वालकृष्णको जन्मोत्सव अवसरमा उहाँको दिर्घायु र निरोगिताको कामना गर्दै हवन पनि गरिएको थियो । हवनको पुजा गण्डकी प्रदेश योग समितिका मन्त्री विश्वमणि तिवारीले गरेका थिए ।समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महामन्त्री प्रकाश बास्तोलाले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।