• लेउवा संघको चुनावी मौदानमा ढकाल र अधिकारी

    August 4, 2019     4:24 pm

    भीमपाणि बराल । लेखनाथ । आगामी भदौ २० र २१ गते हुन लागेको लेखनाथ उद्योग बाणिज्य संघको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिबेसनमा गत बर्ष एउटै समुहबाट चुनाव जितेका बलराम ढकाल र भरत कुमार अधिकारीका विच अध्यक्ष पदमा निर्वाचन हुने भएको छ । पुर्व अध्यक्ष सुमन भटराईको पालामा सस्थापन पक्षसँग विद्रोह गरेर लेखनाथ उद्योग बाणिज्य संघका प्रबेश गरेका ढकाल र अधिकारी अन्तत यस वर्षको निर्बाचनमा छुटाछुटै समुह बनाएर निर्वाचनमा हुमिन लागेका हुन् ।

    गत वर्षको निर्वाचनमा एउटै प्यानबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित बलराम ढकाल र महासचिव भरत कुमार अधिकारी यस वर्षको निर्वाचनमा भने फरक फरक प्यान खडा गरि निर्बाचनको मैदानमा हुमिएका हुन् । आठ बर्षसम्म सगै हिड्ने एउटै समुहबाट चुनाव लड्ने र विजय पनि हुदै आएका ढकाल र अधिकारीका विच हुन लागेको निर्वाचनलाई यस क्षेत्रका ब्यवसायीहरुले रोचकताका साथ लिएका छन् ।

    ब्यवसायीक हक हितका सवालमा एक भएर आवाज उठाएपनि राजनितीक धु्रविकरणका कारण यस वर्ष दुई समुहमा विभक्त हुनुलाई राजनितीक कारण मानिएको छ । चुनावकै सिलसिलामा ढकाल पक्षधरको समुहलाई नेकपाको समर्थन रहेको बुझ्नमा आएको छ भने अधिकारीको लाई प्राजातान्त्रीक समुहको समर्थन रहने प्राय निश्चित रहेको विश्लेषकहरु बताउछन् । ११ औं महाधिवेसनमा विधान संसोधन भए पछि साधारण सदस्यहरुले नै आवस्यक पर्ने पदाधिकारी र सदस्यहरु चुन्न पाउने भए पछि यस बर्षको चुनावमा पनि केही पदमा बाहेक अधिकाम्स पदमा कडा प्रतिश्पर्दा हुने प्राय निश्चित छ ।

    संघको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट वर्तमान प्रथम उपाध्यक्ष छत्रधर आत्रेय बरिष्ठ उपाध्याक्षमा, बिनोद श्रेष्ठ प्रथम उपाध्यक्षमा, राजेन्द्र ओझा द्धितिय उपाध्यक्षमा, गोपिचन्द्र वास्तोला महासचिवमा, उपेन्द्रराज सुवेदी राजु उप महासचिवमा र जानुका पराजुलीको कोषाध्यक्ष पदमा उमेदवारी रहनेगरि टिम तयार गरिएको छ । आठ खुल्ला सदस्यका लागि सस्थापन समुहवाट शैलेन्द्र मोहन भट्टराइ, रामजी पौडेल, मेनुका श्रेष्ठ, भरत ओझा, शिव प्रसाद भण्डारी, भिम बहादुर नेपाली काईला, वुद्धि प्रसाद वास्तोला, ध्रुवबावु भट्टराइ, अशोक बराल, धिरज कुमार श्रेष्ठ, ज्ञानेन्द्र गोल्ड वजगाई, ईन्दिरा रोक्का, खेमराज बराल, जिवन तिवारी, पदमराज पौडेल, रमेश आचार्य, महेश्वर आचार्य र रमेश रानाभाटको नाम रहेका छन भने एशोसियट सदस्यमा विक्रम कर्मचार्य रहेका छन् ।

    यता भरत कुमार अधिकारीले अव छिटै आफनो समुह बनाएर तयारीका साथ चुनावी मैदानमा आउने बताएका छन् । अधिकारीको समुहमा अहिले सम्म ऋषिराम जमरकटेलले महासचिवमा उमेदवारी दिने घोषणा गरेका छन् , जमरकटेल गत सालको निर्वाचनमा भरत कुमार अधिकारी सगै महासचिव पदमा नै पराजित भएका थिए । निर्वाचनकै क्रममा सस्थागत सदस्य तर्फ हाडवर्यस ब्यवसायी सुदिप गुरुङ माईलाले उमेदवारी दिने घोषणा गरेका छन् भने स्वतन्त्र सदस्यको रुपमा सुरेन्द्र त्रिपाठीले पनि उमेदवारी दिने भएका छन् । कुल १३ सय १० साधारण सदस्य रहेको संघको अधिवेशनको कार्यक्रम अनुसार भदौं २० गते उद्घाटन सत्र र बन्द सत्र राखिने छ भने २१ गते चुनावी कार्यक्रम हुने भएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।