न्युयोर्क । फेवातालको सिरान मै हो मेरो घर भन्न नपाउँदै छेवैमा बस्ने महिलाले चौतारा माथिकी तल भन्ने प्रश्नहरूले एक आपसमा यति नजिक ल्ययोकी उनीहरू उही बालापनको साथी नै हो की झैँ गरे एक आपसमा गफ्रिएर उही घाँउघरमा पुगे जस्तो अनुभूति गरेका थिए न्युयोर्कमा । कसैको घर कालिका त कसैको हेम्जा अनि निर्मलपोखरी ,सराङ्गकोट , बैदाम कास्की जिल्लाको जुनै कुनाको भए पनि कस्केलीहरु न्युयोर्कमा जमघट हुँदै उही फेवाताल, बेगनासताल, लगायत आफ्नै भिरपाखाको गफ गर्दै न्यु योर्क सहरको इस्ट रिभरको पार्कमा रमाउँदै चिनजान गर्दे आफ्नोपनको अनुभूति गरे ।
कस्केली समाज अमेरिकाको आयोजनामा आज अगाष्ट ३ तरिका शनिवार भएको समर पिकनिकमा कास्की जिल्ला घर भई हाल अमेरिकाको न्यु योर्क , न्युजर्सी र कनेकटिकट मा बसोबास गर्दे आएक सम्पूर्ण कस्केलीहरुको रमाइलो जमघट सँगै एक आपस बिच चीनजान सँगै पारिवारिक रूपमा भेटघाट गराई रमाइलो बताबरण सँगै विभिन्न परिकारका साथ नाचगान समेत भएको थियो । बिशेषगरी न्यु योर्क न्युजर्सी, कनेकटिकेट, बल्टिमोर लगायतका ठाउँका कस्केलीहरुको सहभागिता रहेको थियो ।
न्यु योर्क सहरमा यतीका धेरै कस्केलीहरु जमघट भएको यो पहिलो पटक भए पनि आगामी दिनमा अझ सङ्गठित हुँदै व्यापक रूपमा सहभागिता बनाउने लक्ष्य लिँदै समग्र कास्की जिल्लालाई अमेरिकामा बस्ने कस्केलीहरुले कसरी सहयोग गर्ने सक्छन् भन्ने तर्फ पनि योजना बनाएर अगाडी बढेन भएका छन् । कास्की समाज अमेरिका बाल्टिमोरका अध्यक्ष कुल गुरुङ्गले कार्यक्रमको सफलता गरेका थिए भने पिकनिक कार्यक्रमको सञ्चालन भने कृष्ण लामिछानेले गरेका थिए । यसरी सबै बिचको भेटघाटले आगामी दिनमा कस्केली समाज न्यु योर्क अमेरिकाका लागी कसरी संस्धागतरुपमा अगाडी बढाउने यसको विधि र विधानलाई कसरी बनाउने यबात रूपमा छलफल गराई एउटा मूर्तरूपमा अगाडी लैजान मद्दत समेत पुगेको छ ।
पिकनिकको लागी व्यवस्थित रूपमा सफल बनाउन डम्बरजगं गुरुङ्ग,बल बहादुर गुरुङ्ग, केदार पहारी, तारा पोखरेल, किरण गुरुङ्ग, अन्जित गुरुङ्ग,अभिनय अधिकारी , कमल गौतम,महेन्द्र अधिकारी, कृष्ण पौडेल, सुवास सुनार ,समर बुढाथोकी,कृष्ण लामिछाने, विष्णुप्रसाद पौडेल, अमर तामाङ्ग, भवानी बाँस्तोला, र शिव बाँनिया, राजेश आर्चय,मोहन गौतम, शेखर पोखरेल, रविन पौडेल लगायतका अन्य व्यक्तिहरूको अतुलनीय सहयोग रहेको थियो ।