• सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु

    August 4, 2019     4:09 pm

    पोखरा, १९ साउन । नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका राजेश गुरुङले प्रशिक्षक द्वय अरुणलाल कर्ण र टेक बहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरि बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन ।

    उक्त प्रशिक्षणको शुभारम्भ गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले खेलाडीहरुलाई शुभकामना दिंदै राष्ट्रिय गौरब बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    केही परिषदका कर्मचारीहरुले राज्यको तलब सुविधा लिएर साग हुँदैन भन्ने हल्ला फैलाएको प्रति रोष प्रकट गर्दै तोकिएकै मितीमा नेपालमा साग हुनेमा कुनै शंका नपाल्न सदस्य गुरुङले आग्रह गरे । उनले खेलाडी र प्रशिक्षकलाई भत्ता लगाएतका सुविधाहरु थप गर्न परिषदले गृहकार्य थालेको समेत जानकारी दिए । कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रहि पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरे ।

    साग अन्तरगत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरि ५६ जना खेलाडीहरु पहिलो चरणको छनोटमा परेका छन । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशाला स्थित बहुउद्धेश्यिय कभर्डहलमा २०७६ मंसिर १५ देखि २४ सम्म हुनेछ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।