• प्रतिभाकी शुरतीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए प्राप्त गरेको विद्यालयको दावी

    August 3, 2019     8:10 pm

    पोखरा, १८ साउन ।।सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जिपिए नेपालमै उत्कृष्ट जिपिए भएको जिकिर गरे । ‘औपचारिक प्रतिस्पर्धा र आधिकारीक घोषणा नभएपनि सबै ठाउँको नतिजा हेर्दा यो नै उत्कृष्ट रहयो’–प्राचार्य पराजुलीले भने । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३.९२ जिपिए ल्यान सफल भएको पनि उनले जानकारी दिए ।

    धादिङ्गको आगिङचोकमा सामान्य परिवारमा जन्मिएकी विद्यार्थी पाण्डेले विद्यालय, शिक्षक र आफ्नों मेहनतका कारण यो नतिजा ल्याउन सफल भएको बताइन् । सानै उमेरमा बुवा गुमाएकी पाण्डे आफ्नों प्रेरणाको श्रोता आमा सम्झना पाण्डे भएको बताउँछिन् । ‘आमाको हौसला र मेहनत देख्दा मलाई केहि गरि देखाउनुपर्छ भन्ने लागेरनै दैनिक ४ घण्टा मात्र सुत्थे’–उनले भनिन् । जन्मिदैदेखि कोहि पनि जान्ने नहुने तर उसले पाएको वातावरण र मेहनतलेनै उत्कृष्ट बनाउने उनको भनाई छ ।

    उनको लक्ष्य असर चार्टर एकाउण्टेण्ट बनेर देशको सेवा गर्ने रहेको छ । उनको लक्ष्यलाई पुरा गर्न प्रतिभा मावि र अटो वेजले आर्थिक सहयोग समेत प्रदान गर्ने भएका छन् । विद्यालयले १ लाख नगद सहयोग र उनको भाई सचितराज पाण्डेलाई १२ कक्षा सम्म निःशुल्क अध्यायन गराउने विद्यालयका अध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलनमा घोषणा गरे । अटो वेज प्रालिका संचालक समेत रहेका उनले प्रालिको तर्फबाट ५० हजार सहयोगको घोषणा समेत गरे ।२०४३ सालमा स्थापना भएको विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्याजेज्मेण्टमा पढाई सञ्चालन गरेको छ । विद्यालयले आफ्नों प्रतिस्पर्धा पोखरासंग नभई काठमाण्डौसंग भएको अध्यक्ष पौडेलको भनाई छ । विद्यालय संचालक समितिका सदस्य एवं शिक्षक विजयबहादुर थापाले पोखरेली विद्यार्थीहरुको मुख्य आकर्षण प्रतिभा बन्न सफल भएको दावी गरे ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।