• पोखरा थिएटरमा श्रष्टा र सृजना

    August 3, 2019     8:00 pm

    पोखरा १८ साउन । पोखरा थिएटरको गन्धर्व नाटक घरमा शनिबार श्रष्टा र सिर्जना कार्यक्रम आयोजना गरियो । विराट आर्दश साहित्यिक मञ्चको आयोजनामा भएको कार्यक्रममा तीन जना कविले कविता सुनाए । यसरी कविता सुनाउनेमा पोखरेली श्रष्टा सरस्वती श्रेष्ठ सरु, विराटनगरका श्रष्टा मीनकुमार नवोदित र स्याङ्जाका श्रष्टा मिलन समिर रहेका थिए ।


    उनीहरु तीन जना श्रष्टाले विभिन्न सिमसामयिक विषयवस्तुमा चार–चारवटा कविता वाचन गरी सुनाए । तेस्रो श्रृखलाको यो कार्यक्रमा पोखरा थिएटरले सह आयोजकको रुपमा सघाएको थियो । विराट आर्दश साहित्यिक मञ्चका अध्यक्ष कटुवाल दीपकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य एकेडेमीका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कार्यक्रमको प्रशंसा गरे । कार्यक्रमको सञ्चालन पोखरा थिएटरका रमेश तिमिल्सिनाले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।