• सन्नी लियोनीको आइटम डान्स रहेको “पासवर्ड” को पोस्टर सार्वजनिक

    August 3, 2019     3:39 pm

    बलिउड नायिका सन्नी लीयोनीको आइटम डान्स रहेको नेपाली चलचित्र “पासवर्ड”को पोस्टर सार्वजनीक गरीएको छ । यस चलचित्रमा सन्नी लीयोनले “सन्नी हो नाम मेरो” बोलको गीतमा डान्स गरेकी छन् । कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेको यो म्युजिक भिडियोको गीतमा अर्जुन पोखरेलको संगीत छ । स्पेसल एपेरेन्समा रहने सन्नीले यो फिल्ममा बिकी जोशीसँग स्क्रिन सेयर गरेकी छन् । सन्नीले यो गीतका लागि दुई करोड भारतीय रुपैयाँ लिएको बताइएको छ ।

    सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्ममा सन्नीको माग अनुसार नै गीत तयार पारिएको छ । गीतलाई भारतबाटै आएका कोरियोग्राफर सहितको टीमले निर्देशन गरेको हो । ३० करोड लगानीमा बनेको एक्सन र थ्रिलर फिल्म पासवर्डमा अनुपविक्रम शाही, विक्रम शाहि, वुद्धि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।

    शौरभ लामाले यो चलचित्र खिचेका हुन् । अनुप फिल्ममा नेगेटिभ रोलमा छन् । सम्राट बस्नेतले निर्देशन गरेको यो फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र दुई प्रतिशत नेपालमा भएको बताइएको छ । फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा पेस गर्ने निर्माण पक्षले बताएको छ । अमित बस्नेत र हिरल जोशीले पासवर्ड निर्माण गरेका हुन् । सिनेमा भदौ २७ बाट प्रदर्शनमा आउने छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।