• पहिरोमा परि दुई जना बेपत्ता

    August 3, 2019     2:59 pm

    दोलखा गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् ।

    हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई पहिरोले पुरेको वडाध्यक्ष बसन्त कार्कीले जानकारी दिए । बसमा सवार करीब २० यात्रुको भने सकुशल उद्धार गरिएको छ । उनका अनुसार सोही पहिरोमा परी खत्री पनि बेपत्ता भएका छन् ।

    उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । रातिदेखि झरेको पहिरोका कारण जुँगुको काँसीघारे, झगरे पात्ले र अप्लेपुलगायतका स्थानका सयभन्दा बढी घर उच्च जोखिममा रहेको बताइएको छ ।

    पहिरोमा परी अन्य केही स्थानीयवासी पनि सामान्य घाइते भएका छन् । अहिले इलाका प्रहरी कार्यालय मैनापोखरी र जिरीबाट प्रहरी घटनास्थलतर्फ गएको जनाइएको छ ।
    घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।