• मनसुन नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने

    August 3, 2019     2:55 pm

    मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताए । उनले भने, “मनसुन एकैचोटी पूर्ण सक्रिय हुने छैन्, विस्तारै क्रमिक रुपमा सक्रिय हुँदै जाने छ ।”
    उक्त रेखा नेपालको उत्तरतिर सर्ने क्रम शुरु भइसकेकाले आज देशभर आंसिकदेखि सामान्य बदली रही भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ ।

    आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाका अनुसार आइतबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह गरेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।