• मेस्सी अन्तर्राष्ट्रिय फुटवल खेल्न नपाउने, ३ महिना प्रतिबन्ध

    August 3, 2019     2:15 pm

    १८ साउन, काठमाडौं । अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ । कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

    गएको महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए । साथै उनले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणीसमेत गर्न भ्याएका थिए । मेस्सीका लागि यही अभिव्यक्ति महँगो सावित भएको छ ।

    प्रतिबन्धसँगै उनीमाथि जरिवानासमेत लगाइएको छ । बीबीसीका अनुसार, मेस्सीले ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ । तर, जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले अपिल गर्न सक्नेछन् । त्यसका लागि उनीसँग ७ दिन समय रहेको बीबीसीले जनाएको छ । आउँदो सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मेस्सीको अपिल खारेज भएमा उनले ती कुनै पनि खेल खेल्न पाउने छैनन् ।

    मेस्सीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइए पनि उनी क्लब प्रतिष्पर्धामा भने सहभागी हुन पाउनेछन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।